Smoking Causes Cancer

बागलुङमा मङ्गलबारदेखि हराएका व्यक्ति मृत फेला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङको ढोरपाटन नगरपालिका-२, बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ। ढोरपाटन-६, मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला पर्नुभएको हो।

तारीखेत छोरीको घरमा बस्दै आउनुभएका अदै मङ्गलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो। साँझ नै परिवारले खोजी गरे पनि नभेटिएको तर बिहान करिब ६ बजेको समयमा घर नजिकैको बारीमा फेला पारेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिनुभयो।

अदैको कसरी मृत्यु भएको भन्ने बारेमा अहिलेसम्म यकिन नभएको भन्दै अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिनुभयो । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया