Salime Malika Krishi Farm

Awareness Campaign

जब तम्घास नजिकै पहिरोले मान्छे पुर्यो…



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल,गुल्मी: ‘बचाउ, बचाउ! ए, गाउँले हो पहिरोले घर पुर्यो। हामीलाई बचाओ।’ सोमबार दिउँसो करिब सवा २ बजे रेसुंगा नगरपालिका-७, कोबेदुखर्कमा कोलाहल मच्चियो।

एम्बुलेन्सको साइरन र सुरक्षाकर्मीको भागदौडले स्थानीय छक्क परे । स्थानीय एक व्यक्तिको घरपहिरोले पुरेको थियो । केहिबेरमै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रसको टोली एम्बुलेन्स, डोजर र उद्धारका सामग्रीसहितघटनास्थल पुगे।

सुरक्षाकर्मीले पहिरोमा घरसंगै च्याँपिएका परिवारका सदस्यलाई उद्धार गरेर प्राथमिक उपचारसंगै थप उपचारको लागिअस्पताल लगे । सुरक्षाकर्मीले घरसंगै पुरिएका खाद्यान्य र लत्ताकपडा निकालेपछि प्रहरीले घटनाको सर्जिमन मुचुल्का ग¥यो । डोजरलेअवरुद्ध सडक सुचारु गर्यो। घटनास्थल पुगेका पत्रकार तथा संचारकर्मी र सुरक्षा निकायका टोलीले स्थलगत अनुगमन तथा घाइतेपरिवारको उद्धार, राहात र पुर्नस्थापनाका विषयमा छलफल गरे।

सिंचाई
Forest
Ad.

घटना दुरुस्तै। उद्धार र पात्रहरुको जिबन्त अभिनयले देख्नेहरु छक्कपरे । तर, अवस्था काल्पनिक हो । जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल प्रहरीले पहिरोको उद्धारकोबिषयमा डेमो प्रर्दशन गरेका थिए । सुरक्षा समितिले बेलाबेलमा सडक दुर्घटना, आगलागी, बाढि र पहिरोको उद्धारका बिषयमा डेमो गर्दै आएको छ ।

अब खोला किनारमा बाढिका बिषयमा डेमो गर्ने योजना रहेको सशस्त्र प्रहरी वल गुल्म गुल्मीका गुल्मपती सशस्त्र प्रहरीनायव उपरिक्षक निवनकुमार खड्काले जानकारी दिए । गुल्मी जिल्ला प्राकृतिक प्रकोपको दृष्टिकोणले जोखिममा रहेको जिल्ला हो ।जसका कारण थुप्रै मानवीय तथा भौतिक क्षति भइरहेको छ।

सुरक्षा समितिको तर्फबाट नागरिकलाई विपद्को विषयमा जानकार बनाउने उद्देश्यले विभिन्न प्रकारका डेमो प्रर्दशन गर्ने गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया