Salime Malika Krishi Farm

Awareness Campaign

९ वर्षीय सार्थक: जो सहपाठी, साथीदेखि अग्रजसम्मलाई ज्ञान बाँड्छन्



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: गुल्मीको सत्यवती गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौंको कलंकीमा बस्दै आएका ९ वर्षीय सार्थक ढकाल आजभोलि साना भाइबैनी देखि लिएर अग्रज व्यक्तित्वसम्मका लागि आखाँको नानी बनेका छन्।

हुनत उनले कुनै चमत्कार र आविष्कार गरेका छैनन् तर युट्युबमार्फत आफु जस्तै बालबालिका र अग्रजहरुलाई समेत लोभ्याउने गरी आफ्नो प्रस्तुती दिने गर्दछन्।

विद्यालयहरुमा हुने विभिन्न पाठ्य पुस्तकभित्रका ज्ञानदेखि लिएर अध्ययनका लागि चाहिने आवश्यक सुत्र सहजै स्मरणमा आउनसक्ने गरी सरल रुपमा बुझाउने उनको क्षमता छ।

सिंचाई
Forest
Ad.

पछिल्लो समय युट्युब तथा सामाजिक संजालमा अत्याधिक रुचाइएका ९ वर्षीय सार्थक अहिलेका धेरै बालबालिकामा मोबाइल र अन्य ग्याजेटको लत नै लागेको बेलामा उनले भने यहि प्रविधिलाई सहि सदुपयोग गर्दै आफ्नो क्षमता देखाइरहेका छन्।

कलंकीको एलआरआई स्कुलमा कक्षा ४ मा पढ्ने सार्थक साना कक्षाका र आफ्नै कक्षाका पनि कमजोर साथीहरुलाई सजिलोसँग बुझाउनेगरी युट्युबमार्फत सिकाइरहेका छन्। जसको उत्प्रेरणाका रुपमा उनका बुवा तुल्सीमराम र आमा यमुना पन्त ढकाल हुन्। खास गरी आमा यमुनाले आजको प्रविधिमैत्री समयमा आफ्ना बालबच्चालाई कसरी डोर्याउन सकिन्छ र सफल बनाउन सकिन्छ भनेर व्यस्त समयमा पनि समय निकालेकी हुन्छिन्।

पढाइमा निकै अब्बल ढकालले स्कुलबाट फर्केपछि पहिलो आफ्नो होमवर्क सकाउँछन् र त्यसपछि भिडियो बनाउँछन् । उनको सिकाउने तरिका कुनै व्यावसायिक शिक्षकको भन्दा कम छैन । ह्वाइटबोर्डमा मार्करले लेखेर सरल र सहज रुपमा उनी पाठ्यक्रमबारे बुझाइरहेका हुन्छन् । उनले कुनै हतार नगरी व्यावसायिक शिक्षकले झैं विषयवस्तुको गहिराइमा पुगेर पढाउने गर्दछन्।

एजुकेसनल च्यानलको रुपमा आफ्नो ‘स्मार्ट सार्थक’ च्यानललाई राखेका सार्थकका भिडियोमा नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, गणित लगायत विषयका अतिरिक्त केही रमाइला भिडियो पनि राखिएका छन्।

Awareness by SKF

आफूले सिकेको कुरा शिष्ट भाषामा आफ्नो च्यानलमार्फत साथीभाइका लागि पस्किंदा आनन्द आउने सार्थक बताउँछन्। आफ्नो भिडियो आफ्ना साथीहरुले नै निकै मन पराएको भन्दै उनी साथीहरुबाट पनि निकै हौसला मिलेको बताउँछन्।

सार्थकका बुवा तुलसीराम ढकालले युट्युबमा लोकसेवा कक्षा तयारीसम्बन्धी भिडियोहरु बनाइरहेका हुन्छन् र त्यसैबाट उनले प्रेरणा प्राप्त गर्दै अगाडि बढेका छन्।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया