Salime Malika Krishi Farm

Awareness Campaign

नेपाल एयरलाईन्सले आगामी शुक्रवार देखि काठमाडौँ-गुल्मी उडान गर्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाल एयरलाइन्सले आगामी शुक्रबारदेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान गर्ने भएको छ।

नागरिक उड्डयन प्राधिकरणले मंगलबार एयरलाइन्सलाई सातामा दुई उडानका गर्न अनुमति दिएको छ। प्राधिकरणका अनुसार शुक्रबार र मंगलबार एयरलाइन्सले काठमाडौं–रेसुङ्गा उडान गर्नेछ।

उडानका लागि एयरलाइन्सले रेसुङ्गा नगरपालिकासँग सम्झौता गरिसकेको छ। यो रूटको भाडा ६ हजार पाँच सय रुपैयाँ पर्नेछ।

सिंचाई
Forest
Ad.

रेसुङ्गा विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा कच्ची (धुले) धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो।

विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ। एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्न सक्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया