गुल्मी: पाल्पाको तिनाउ गाउँपालिका-३, झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बीरन्द्र थापाले बताएका छन्।
गुल्मीको छत्रकोट गाउँपालिका-३, हर्दिनेटाका पन्तले चलाएको मोटरसाइकललाई टिप्परले एक्कासी ठक्कर दिएपछि घाइते भएका उनलाई प्रहरी चौकी दोभान र स्थानीय बासिन्दाले तत्काल लुम्बिनी प्रदेश अस्पताल रुपन्देहीमा पठाएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







