बाँके: बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँकी बेसहारा लिलावती खत्रिका लागि अमेरिका बस्ने लिल बहादुर थापाले बस्ने घर बनाइदिएका छन।
खजुरा घर भएका तर हाल अमेरिकाको वासिङटन स्टेटमा बस्दै आएका लिल बहादुर थापाले आर्थिक अवस्था कमजोर भएकी विपन्न अवस्थाका लिलावतीको लागी बस्ने घर निर्माण गरिदिएका हुन। ७ लाख ५० हजार बढिको लगानी लगाएर थापाले खत्रीको बसोबासका लागी घर निर्माण गरिदिएका हुन।

बरन्डा , सौचालय र भान्सा सहित टिनको छाना रहने दुई कोठे भवनको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले एक समारोहका विच उक्त घरको उद्घाटन गरे । कच्चि चुहिने सानो घरमा बस्दै आइरहेकी लिलावतीको नयाँ पक्कि घर बनाइदिने दानविर समाजसेवी थापालाई गाउँपालिकाले अमेरिकाबाट नेपाल आउँदा भव्य रुपमा स्वागत सम्मान गर्ने अध्यक्ष विकले उद्घाटन गर्दै भने । हरियो कलरको नयाँ घर पाएपछि लिलावती हर्षित छिन्।
यो पनि: समाजसेवी लिल बहादुर थापाले मुसिकोटका बेसहारा महले जिसीको घर बनाईदिँदै
अमेरिका बस्ने लिल बहादुरले विभिन्न समयमा आर्थिक अवस्था कमजोर हुनेहरुलाई गास बास र कपासको लागी सहयोग गर्दै आइरहेका छन। लिलावतीको घर निर्माण उनको तेस्रो सहयोग हो । अन्य दुई जना विपन्न वर्गको यस अघि पनि घर बनाइदिसकेका छन । गाउँ घरमा हुने हरेक सामाजिक कार्यमा उनले अमेरिकामै रहेर पनि सहयोग गरिरहेका हुन्छन । लिल बहादुरका भान्जा दान बहादुर गुरुङको विशेष पहलमा उक्त घर निर्माण भएको हो । घर निर्माणमा भान्जा दान बहादुरले नै रेखदेख, खटनपटन गर्दै आएका थिए।

उद्घाटन तथा घर हस्तान्तरण कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्री, वडा सदस्यहरु, वडा नम्बर ४ का पुर्व वडाध्यक्ष तिलकविर सुनार, लिल बहादुर थापाका दाई दिदिहरु, गुल्मी बाट जिटिभी नेपालका अध्यक्ष दिपक नेपाली, खजुरा बाँकेका पत्रकार खगेन्द्र दाहाल, स्थानिय बुद्धिजिवी, गाउँलेहरु लगाएतको उपस्थिती रहेको थियो । अमेरिकामै रहेका लिलबहादुर लाई बेसहरा लिलावतीले आफ्नो परिवारको सदस्यभन्दा पनि माथिको जस्तो गरि गरेको सहयोग प्रति धन्यबाद दिइन।
लिलावतीले दानविर लिल बहादुरलाई भाईका रुपमा आगामि भाईटिकामा टिका लगाउन चाहेको इच्छा व्यक्त गरिन । उपस्थित जन प्रतिनिधिहरुले सरकारले गर्ने काम अमेरिकामा बसेर गरेको दुखको पैसाले लिल बहादुरले गरेको भन्दै धन्यवाद दिए । कार्यक्रमको संचालन स्थानीय समाजसेवी अर्जुन थापाले गरेका थिए। लिल बहादुर २००८ डिसेम्बर ६ मा डिभी परेरै अमेरिका गएका थिए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










