Smoking Causes Cancer

इस्मामा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीता सुरु, दुई सय बढी खेलाडी सहभागी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-३, दर्लामचौर ठाढुङ्गामा खुल्ला लुम्बिनी प्रदेश स्तरीय डब्लु. टि.एफ. तेक्वान्दो प्रतियोगीता सुरु भएको छ। प्रतियोगीताको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरे।

साढे दुई बर्ष पहिले स्थापना भएको इस्मा दोजाङ्गले अहिले प्रथम खुल्ला प्रदेश स्तरीय डब्लु टि.एफ तेक्वान्दो आमन्त्रण प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगीतामा गुल्मीसहित अर्घाखाँची, रुपन्देही, नवलपरासी, बाँके र रोल्पाका दुई सय बढि खेलाडी र प्रशिक्षक सहभागी भएका छन् । पहिलो दिन केहि खेल फाइनल भएपनि धेरै सेमि र क्वाटर फाइनल भएको इस्मा डोजाङ्गका अध्यक्ष बसन्त घिमिरेले जानकारी दिए।

सिंचाई
Forest
Ad.

प्रतियोगितामा २४ देखि ६१ केजी तौल भएका खेलाडीबिच प्रतिस्प्रर्धा हुनेछ । दुई दिनसम्म एकल स्पाईरिङ, सामुहिक स्पाईरिङ लगायतका प्रतियोगिताहरु संचालन गरिने आयोजकले जनाएको छ । प्रतियोगीतामा विजेताले २५ हजार, उपबिजेताले १५ र तृतिय हुनेले १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

 

प्रतियोगीता संचालन गर्न प्रशिक्षक र खेलाडीले घर–घरमा चन्दा संकलन गर्नुपर्ने बाध्यतामा छन् गरिरहेका छन् । खेल व्यावस्थापनको लागि आयोजकले सात लाख बजेको अनुमान गरेको छ । तर, अहिलेसम्म डेढ लाख रुपैयाँ संकलन भएको प्रशिक्षक दिपक घर्तिले बताए ।

Awareness by SKF

उनले गाउँमा दुई सय बढि खेलाडी व्यावस्थापन, प्रशिक्षक, खर्च र पुरस्कारको जोहा गर्न डोजाङ्गलाई निकै चुनौति रहेको बताए । मातृभूमिको माया र पहिचानको लागि अनुमान गरिएको कुल सात मध्ये साढे पाँच लाख घाटा बजेट हुँदा पनि सहयोगको अपेक्षासहित प्रतियोगीता आयोजना गरिएको घर्तिले प्रतिक्रिया दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया