Smoking Causes Cancer

गुल्मीका पालिकामा ३७ करोड भन्दा बढी बेरुजु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा ३७ करोड भन्दा बढी बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ प्रतिवेदनमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०७८/०७९ गुल्मीमा कुल ३७ करोड ७४ लाख ५२ हजार रुपैयाँ बेरुजु देखिएको हो।

दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा कुल १५ अर्ब १५ करोड रुपैयाँ लेखापरीक्षण गरिएको थियो । जसमा कुल रकमको २.४८ प्रतिशत बेरुजु आएको हो । त्यसमध्ये पनि सबैभन्दा कम मालिका गाउँपालिकामा बेरुजु देखिएको छ । कुल एक अर्ब ३० करोड २३ लाख नौ हजार रुपैयाँको लेखापरीक्षण गराएकोमा एक करोड १८ लाख ७२ हजार रुपैयाँ बेरुजु आएको हो । जून कुल रकमको ०.९१ प्रतिशत हो।

यो सँगै छत्रकोट गाउँपालिकामा कुल एक अर्ब ३० करोड ४६ लाख ७० हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा दुई करोड ८६ लाख नौ हजार रुपैयाँ बेरुजु आएको छ । जून कुल रकमको १.६० प्रतिशत हो । जिल्लाको मुसिकोट नगरपालिकाको कुल एक अर्ब ७४ करोड ७४ लाख ९४ हजार रुपैँयाको लेखापरीक्षण गरिएकोमा दुई करोड ८७ लाख ५१ हजार रुपैयाँ बेरुजु देखिएको छ । जून कुल रकमको १.६५ प्रतिशत हो।

सिंचाई
Forest
Ad.

मदाने गाउँपालिकामा कुल एक अर्ब ३५ करोड १२ लाख ८२ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा कुल दुई करोड ३० लाख ३९ हजार रुपैयाँ बेरुजु रहेको छ । यो १.७० प्रतिशत हो । त्यस्तै इस्मा गाउँपालिकामा एक अर्ब १३ करोड दुई हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा दुई करोड ४१ लाख आठ हजार रुपैयाँ बेरुजु आएको छ । जून कुल रकमको २.१२ प्रतिशत हो।

साथै सत्यवती गाउँपालिकामा कुल एक अर्ब ३२ करोड ५७ लाख ६८ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा दुई करोड ९० लाख ७६ हजार रुपैयाँ बेरुजु आएको छ । जून कुल रकमको २.१९ प्रतिशत हो । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा एक अर्ब ३४ करोड ४३ लाख ४७ हजारको लेखापरीक्षण गरिएकोमा कुल दुई करोड ८७ लाख ५१ हजार रुपैयाँ बेरुजु आएको छ । यो कुल रकमको २.१४ प्रतिशत हो।

कारोबार राष्टिय दैनिकमा सन्तोष महतराले समाचार लेख्नुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया