Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: बिहीवार राती बनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका दुबै जनाको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका -३ स्थित बर्दबास सामुदायिक बनको आगो निभाउने क्रममा गम्भीर घाइते स्थानिय १३ बर्षिय बालक दिपक कुमालको उसै रात मृत्यु भएको थियो भने अर्का ५२ बर्षिय धन बहादुर जोगि कुवरको उपचारका लागि काठमाडौं लैजाने क्रममा शुक्रवार बाटैमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेठले लुम्बिनी प्रादेशिक अस्पताल बाट काठमाडौ रिफर गरिएका जोगि कुवरको बाटोमा मृत्यु भएको पुष्टि गरेका हुन । त्यस वडाका वडाध्यक्ष पदम बिष्टले उनको बर्दघाट पुग्दा मृत्यु भएको बताए ।

सिंचाई
Forest
Ad.

उनका अनुसार त्यस साझ ६ बजेतिर बाट आगो निभाउन खटेका गाउँबासी मध्ये होसियारि अपनाउन नस्क्दा उनिहरुको पुरै शरीर जलेको थियो । मृतकका परिवारलाइ ४० हजारका दरले कृया खर्च दिने र क्षतिपूर्ति राहतका लागि प्रदेश र संघमा सिफारिस गर्ने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी नवीन कुमार प्रधानले गत फागुन देखि बैशाख ८ गते सम्म जिल्लाका ५१ स्थानमा आगो लागि भएको र यस अबधिमा चार जनाको ज्यान गएको बताए ।

मृतकका परिवारलाई दुई लाखका दरले राहत प्रदान गरिने प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए । सुरक्षा निकाय वा सरकारी मानिस आगो नियन्त्रणमा त्यसरि मृत्यु वा अङ्ग भङ्ग हुँदा ठूलो रकम पाउने तर नागरिकको मृत्यु हुँदा भने जम्मा दुई लाख मात्रै दिनु भनेको नागरिकको ज्युज्यानको अबमुल्यान्कन हुनु सरह भएको नागरिक अगुवाहरु बताउछ्न ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया