अनिल खत्री, गुल्मी: हिमालय आइएमइ लोक स्टारको फाइनलमा प्रवेश गरेका सन्तोष क्षेत्रीलाई गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ । हिमालय आइएमइ लोक स्टारमा उनि प्रनिस्पर्धीमा रुपमा प्रस्तुति राख्दै आएका छन् ।
क्षेत्रीको घर इस्मा गाउँपालिका- ४ दोहली हो । उनलाई गृह पालिकाले बिजेता बन्नका लागि भन्दै ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
आफ्नो परिश्रम, लगन र कलाद्वारा जन्मभूमि इस्मालाई सबैतिर चिनाई रहेको भन्दै गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । रियालिटी शो ‘हिमालय लोकस्टार’ को फाइनलमा पुग्ने लुम्बिनी प्रदेशबाटै एक्लो प्रतिभालाई राष्ट्रको गौरव स्थापित गर्न जुट्ने पालो समस्त गुल्मेलीको भएको खड्काले बताए ।
क्षेत्री जिल्लाबासीसँग भोट र आर्शिवाद माग्न जिल्लामा आएका छन् । उनलाई राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीको अगुवाईमा जिल्लाका विभिन्न संघसंस्था र व्यक्तिहरुका बिचमा भोट माग्दै हिडेका छन् ।
हिमालय टेलिभिजनमा हरेक हप्ताको मंगलवार र बुधवार बेलुकी ८ बजे उक्त कार्यक्रम आउने गर्दछ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







