Salime Malika Krishi Farm

Awareness Campaign

आफ्ना व्यवसायीको अनुगमनमा आफै जुर्मरायो होटल व्यवसायी मञ्च, मुसिकोट



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: होटल व्यवसायी मञ्च मुसिकोट शाखाले नगरपालिका अन्तर्गत वडा नं ७ वामीको मुख्य बजारमा सञ्चालित होटल व्यवसायहरुको अनुगमन गरेको छ ।

विशेषगरी होटल व्यवसायहरुलाई करको दायरामा ल्याउने तथा जनस्वास्थ्यलाई लक्षित गरेर मञ्चले वामी बजार भित्र रहेका होटल व्यवसायहरुको अनुगमन गरेको जनाएको छ । मुख्य बजार तथा चोकहरुमा दर्ता बिनै सञ्चालित चटपटे तथा साना व्यवसायीहरुलाई करको दायरामा ल्याउने र उपभोक्ताको स्वास्थ्य प्रति सवेंदनशील भएर बजार अनुगमन गरिएको होटल व्यवसायी मञ्च मुसिकोटका अध्यक्ष विवेक काफ्लेले जानकारी दिनुभयो ।

बजार अनुगमनमा होटल व्यवसायी मञ्चका पदाधिकारी सहित, मुसिकोट नगरपालिका योजना शाखा प्रमुख प्रकाश घिमिरे, कृषि अधिकृत जनक पौडेल, सुरक्षाकर्मी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सिंचाई
Forest
Ad.

पहिलो दिन झण्डै १ दर्जन पसलहरुमा गरिएको अनुगमनका क्रममा केही व्यवसायहरु दर्ता बिनै सञ्चालनमा रहेको, होटलबाट उत्पादित सामाग्रीहरुलाई नछोपी खुला रुपमा राखिएको तथा एउटा पसल दर्ता गरी अर्कै व्यवसाय सञ्चालन गरेको पाईएको मञ्चका अध्यक्ष काफ्लेले बताउनुभयो ।

होटल व्यवसायी मञ्चको तर्फबाट अहिलेसम्मकै पहिलो अनुगमन भएकाले पहिलो पटक सुझाव मात्र दिईएपनि आगामी दिनमा अनुगमनका क्रममा पनि लापरबाही गरेको पाईएको खण्डमा नगरपालिकासगं समन्वय गरेर कारबाहीको प्रक्रिया अगाडी बढाउने उहाँको भनाई छ ।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले होटल व्यवसायी मञ्चले होटल व्यवसायहरुलाई आफ्नो तर्फबाट अनुगमन गरेको र नगरपालिकाले पनि छिट्टै अनुगमन गर्ने योजना शाखा प्रमुख प्रकाश घिमिरेले बताउनुभयो ।

उहाँले अनगुमनका क्रममा होटल व्यवसायी मञ्चमा व्यवसाय दर्ता गर्न आउँदा अनिवार्य रुपमा नगरपालिका वा सम्बन्धित निकायमा दर्ता गर्ने प्रावधान बनाउन समेत मञ्चलाई आग्रह गर्नुभएको छ ।

Awareness by SKF

अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मुल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको उहाँले बताउनुभयो।

सबै व्यापारीहरुलाई दर्ता नविकरणका लागि सुझाव र जानकारी दिएको र दोस्रो पटक पनि अटेर गरेको पाइएमा कानुनी कारवाही अगाडि बढाउने होटल व्यवसायी मञ्चले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया