Smoking Causes Cancer

बाबुको ठेगान नभएका बच्चालाई मावलीको थरमा जन्मदर्ता गृह मन्त्रालयको गर्न सर्कुलर



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौँ: एकल महिलाबाट जन्मेका र बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता गर्न गृह मन्त्रालयले देशभरका स्थानीय तहमा सर्कुलर गरेको छ।

राष्ट्रिय परिचयपत्र विभाग तथा पञ्जीकरण विभागले अबदेखि त्यस्ता बच्चाको जन्मदर्ता गर्ने विषयमा दोहोरो दर्ता नहुने गरी दर्ता गर्न सर्कुलर गरेको हो।

अबदेखि त्यस्ता बच्चाको जन्मदर्ता मामलीको थरमा हुने भएको छ। विवाह अघि जन्म भएको तर पिताको ठेगान नभएका बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिन भनिएको छ।

सिंचाई
Forest
Ad.

विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएका बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिन भनिएको छ।

तर पछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा पहिलेको जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिने भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया