Smoking Causes Cancer

समाजसेवी लिल बहादुर थापाले मुसिकोटका बेसहारा महले जिसीको घर बनाईदिँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ उपल्लो पौँदीअमराईका सहाराविहिन महले जिसीको घर समाजसेवी लिल बहादुर थापाले बनाईदिनुहुने भएको छ । आर्थिक विपन्नताका कारण लामो समयदेखि घरबार विहिन जिसीको घर समाजसेवी थापाले बनाईदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डि गाउँ स्थायी घर भई हाल सयुंक्त राज्य अमेरीकामा रहनुभएका थापाले यस भन्दा अगाडी पनि गुल्मी, बागलुङ र आफ्नो गृह जिल्लाका विपन्न नागरिकलाई व्यक्तिगत खर्चमा घर निर्माण गरिदिनुभएको थियो ।

शारिरिक अशक्तता, पारिवारिक आर्थिक विपन्नता र राम्रो बास बस्ने व्यवस्था समेत नभएको बारेमा जिटिभि नेपालबाट प्रशारित कार्यक्रम सघंर्षका कथा हेरेर समाजसेवी थापाले उनको घर बनाईदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले जिसीको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै जिटिभि नेपालबाट प्रशारित सामाग्री हेरेर समाजसेवी थापाले घर बनाईदिने प्रतिबद्धता व्यक्त गरे बमोजिम घर निर्माणको काम समेत सुरु भईसकेको जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

विपन्न र असहाय महलेको परिवारलाई आवासको व्यवस्थापन गर्न सकेमा उनको अवस्था केही सुधार होला भन्ने महसुस गरेर आफुले घर बनाईदिने प्रतिबद्धता व्यक्त गरेको समाजसेवी लिल बहादुर थापाले बताउनुभयो ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ उपल्लो पौँदीअमराईका महले जिसी रोजगारीको लागि केही वर्ष पहिले भारत पसे । भारत गएको लामो समयसम्म पनि नफर्किएपछि उनलाई परिवार र समाजले भारतमै हराएको भनेर आश मारे ।

तर उनी ४५ वर्षपछि आफ्नो जन्मघर खोज्दै फर्किए । शारिरिक रुपमा तन्दुरुस्त भएर गएका महले ४५ वर्षपछि फर्किँदा प्यारालाईसिस रोगले थलिएर फर्किए । अहिले उनले काम गर्न सक्दैनन् । भारतमै बिहे गरेका उनी छोरीलाई लिएर नेपाल फर्किए ।

घरबार विहिन जिसी छेकवार पनि नभएको सानो छाप्रोमा जिविकोपार्जन गर्दै आएका छन् । अत्यन्तै नाजुक अवस्थामा रहेका उनको अवस्थाको बारेमा जिटिभि नेपालमा भिडियो सामाग्री प्रशारण भएपछि बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डिगाउँ स्थायी घर भई हाल सयुंक्त राज्य अमेरीकामा रहनुभएका लिल बहादुर थापाले व्यक्तिगत खर्चमा घर निर्माण गरिदिनुहुने भएको हो । उनको घर निर्माणको प्रक्रिया अगाडी बढेको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया