Salime Malika Krishi Farm

Awareness Campaign

इस्मामा घुम्ती शिविरबाट एकैदिन तीन सयले लिए सेवा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सुमन महतारा, गुल्मी: गुल्मीको इस्मा गाउँपालिकाले संचालन गरेको एकीकृत घुम्ती शिविरबाट एकैदिन २९३ जना नागरिकले सेवा लिएका छन्। गाउँपालिकाको वडा नम्बर १ को हर्पुकोटमा संचालित शिविरबाट नागरिकले सेवा लिएका हुन्।

सहज र छरितो माध्यमबाट सेवा प्रवाह गर्ने हेतुका साथ गाउँपालिकाले वडा वडामा पुगेर जनतालाई सेवा दिनको लागि घुम्ती सेवा संचालन गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ६ वटै वडामा शिविर संचालन गर्दैछ । जसअन्तर्गत आज संचालन भएको शिविरमा नागरिकले सबैभन्दा बढि स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य सेवा लिनेमा एक सय ६० जनाको ब्लड प्रेसर चेकअफ गरिएको छ । एक सय ३० जनालाई औषधि वितरण र ३८ जनाको क्षयरोग परिक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले बताए । साथै ७९ जनाको सुगर चेकजाँच गरिएको छ ।

सिंचाई
Forest
Ad.

त्यस्तै गाउँपालिकाले उपलब्ध गराएको पशु सेवा तर्फ एक सय १६ घरधुरीका पशुपन्छीको उपचार गरिएको छ । ६३ घरका पशुपन्छी अन्तर्गत ६२ कुकुर र एक वटा बिरालोलाई रेबिज खोप लगाइएको छ ।

त्यस्तै कृषि शाखाले प्रदान गरेको सेवामा १८ नागरिक लिएको माटो परिक्षणका लागि नमुना संंकलन र परामर्श दिएको थियो । त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले ४० जना ज्येष्ठ नागरिकको परिचय पत्र वितरण र एउटा सामाजिक सुरक्षा भत्ताको लागि नयाँ दर्ता भएको हो ।

रोजगार शाखाले दुई वटा योजना सम्झौता र २७ जनालाई परिचयपत्र वितरण गरेको छ । योजना शाखाले एक वटा योजना सम्झौता पनि गरेको गाउँपालिका योजना शाखा प्रमुख नारायण महतले बताए ।

गाउँपालिकाले संचालन गरेको शिविर अन्तर्गत आज वडा नम्बर १ को वडा कार्यलय हर्पुकोटमा सम्पन्न भएको इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन्।

Awareness by SKF

उनले सेवाग्राहीको उत्साहजनक उपस्थितिले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताएकी छिन् । वडा तहमा बिहानदेखि साँझसम्म खटिएर सेवा प्रवाह गर्ने सबै कर्मचारीलाई उपाध्यक्ष कुँवरले धन्यवाद ब्यक्त गरेकी छिन् । उनले सेवा प्रवाहमा सहजताको लागि समन्वय गर्ने वडाध्यक्ष लगायतका जनप्रतिनिधिलाई पनि धन्यवाद दिइन् । शिविर सोमबार गाउँपालिकाको वडा नम्बर २ को पालुखा माध्यमिक बिद्यालयमा संचालन हुनेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया