Smoking Causes Cancer

एकल पुरुषको साहारा बन्दै इस्मा गाउँपालिका



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सुमन महतारा, गुल्मी: गुल्मीको इस्मा गाउँपालिका एकल पुरुषकाे साहारा बन्दै गएको छ। गाउँपालिकाले ५५ बर्ष माथिका करिब ७० जना एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि एकल पुरुषलाई थप राहात भएको हाे ।

गाउँपालकाले बार्षिक निति तथा कार्यक्रम बमोजिम ५५ बर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।

गाउँपालिकाले बितरण गर्न थालेको एकल पुरुष भत्ता लिनेमा सबैभन्दा बढि वडा नम्बर १ मा १९ जना छन त्यस्तै वडा नम्बर २ र ४ मा १६/१६ जना छन् त्यस्तै वडा नम्बर ३ मा ४ जना र वडा नम्बर ५ र ६ मा ६/८ जना गरि ६९ जना एकल पुरुषलाइ मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएकाे इस्मा गाउँपालिका आइएमएस अपरेटर बलराम खनालले जानकारी दिएका छन् ।

सिंचाई
Forest
Ad.

राज्यले एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिइ आर्थिक तथा सामाजिक रुपमा पुनःउत्थान गर्ने निति लिएको भएता पनि एकल पुरुष माथि निर्मम विभेद गरेको इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुवँरले बताइन ।

उनले भनिन हामीले वितरण गरेकाे सामाजिक सुरक्षा भत्ताले एकल पुरुषको जिविकाे पार्जन गर्न न्युनतम भए पनि राहत होस् भन्ने हेतुले यो कार्यक्रम शुरुआत गरिएको छ उनले याे कार्यक्रम प्रभावकारी पनि भै रहेको बताइन् । उनले एकल पुरुषले पाउँने सुरक्षा भत्तालाइ निरन्तर समेत दिने जानकारी दिएकि छन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया