Clean Water Campaign

Awareness Campaign

वामी-विश्व सम्पर्क मञ्च ठुलाखर्क इकाई स्थानीयको अप्ठ्यारोमा सहारा बन्दै



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: वामी-विश्व सम्पर्क मञ्च, ठूलाखर्क इकाईको पहलमा मुसिकोट नगरपालिका वडा नं. ८ स्थित साविकको वामी गाविस वडा नं. ५ को बलुवा मुनी बौर भन्ने स्थान दरमखोला किनारमा स्मसानघाट व्यवस्थित गर्ने, दाहसंस्कार चौको र घाटमा सत्तल निर्माण गर्ने तयारी भइरहेको छ।

लामो समयदेखि नगर पालिका र वडा कार्यालयमा वडाको सार्वजनिक घाट निर्माणका लागि साझेदारी गरिदिन निवेदन गरेता पनि हुन्छ गरौंला भन्ने तर स्थानीय सरकारले कुनै बजेट विनियोजन नगरेको कारण पनि विगत तीन वर्षदेखि यो काम यत्तिकै अलपत्र थियो। स्थानीय सरोकारवाला अगुवा समाजसेवी तथा वामी विश्व सम्पर्क मञ्च ठुलाखर्क इकाई स्थानीय समितिको हालै सम्पन्न बैठकले सत्तल निर्माणको काम ठेकेदार सुजन श्रेष्ठलाई ठेक्का सम्झौता दिइएको छ।

सत्तलको लागि मुसिकोट-८ कार्यालयले ८ फुटको जस्तापाता १३ पाता र ९ फुटको टिन १७ पाता गरी ३० पाता जस्तापाता उपलब्ध गराएको छ भने ९/१७ हातको जग माथि निर्माण गरिने सत्तल भवनका लागि अपुग ८ पाता जस्तापाता संस्थाले आफै खरिद गर्ने निर्णय भएको छ।

सिंचाई
Forest
Ad.

रोजगारीको कारण युवा सबै पलायन भएपनि वयोवृद्ध बाआमा गाउँमै बस्नुहुन्छ। मृत्यु हुँदा पनि दाहसंस्कारका लागि जाने ठाउँ गत्तिलो नभएको कारण स्थानीयहरुले लामो समयदेखि सारै सास्ती खेप्नु परेको थियो। घाट निर्माण तथा घाटमै आधुनिक किसिमको ट्रसयुक्त सत्तल निर्माण गरेपछि मलामीहरुले टाउको ओत्ने ठाउँ मात्र भएपनि सहज हुने स्थानीयहरु बताउँछन्।

यस कार्यमा ठुलो रकम लगानी हुने भएकोले साविक वडा नम्बर ५ र ७ बाट देश विदेशमा रहनुहुने साथिहरुले तथा स्वतस्फूर्तरुपमा सहयोगी मनहरुले पनि खुल्ला हृदयले सहयोग गरिदिनु होला भन्ने स्थानीयले आशा राखेका छन्।

कसैले घाटमा आफ्ना ब्रह्मलिन पित्रृहरुको नाम लेखाउने गरी ठुलो राशि सहयोग गर्ने चाहना राख्नुभयो भने एकजनाको नामका लागि रु.५,५५५/-, दुइजनाको नाम लेख्नका लागि रु.११,१११/- रकम सहयोग गर्ने महानुभावले इछ्याएका दुइजना व्यक्तिको नाम सत्तलका भित्तामा लेख्ने निर्णय गरिएको छ। अन्य सहयोगीहरुको नाम संस्थाको रेकर्डमा राखिने बताइएको छ। अपुग खर्च इकाइको कोषमा रहेको रकमबाट गरिने बताइएको छ।

वामी विश्व सम्पर्क मञ्च ठुलाखर्क इकाईको कोषका लागि सहयोग रकम वचन दिनुभएका महानुभावहरुले यथाशिघ्र निम्न बैंक खातामा रकम जम्मा गरिदिन पनि संस्थाले आग्रह गरेको छ।

Awareness by SKF

ग्लोबल आइएमई बैंक वामी शाखा
खातावालाको नाम: Humakanta/Bed Prasad/ Ramesh Kharal Kharel
खाता नम्बर: 07207010013412

संस्थाको बैंक खातामा डिपोजिट गरिदिनु हुन तथा डिपोजिट भौचर कोषाध्यक्ष बाषु खरेललाई उपलब्ध गराइदिनुहुन वामी-विश्व सम्पर्क मञ्च, ठूलाखर्क इकाईका अध्यक्ष हुमाकान्त खरालले अनुरोध गर्नुभएको छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया