टोपलाल अर्याल, गुल्मी: कालिका दर्लामी थापा सात बर्षदेखि मृगौला पीडित छन् । बाग्लुङ्ग बडिगाड गाउँपालिका १ की ३४ बर्षीया कालिका दर्लामी थापाका दुवै मृगौला फेल भएका छन्।
उनको माइत इस्मा गाउँपालिका ४ दोहली हुल हो । उनी लामो समय शिक्षक पेसामा आवद्ध हिरा दर्लामीको छोरी हुन् । सुरुमा प्रेसले आँखा बन्द भए । खुट्टा नचल्ने बनायो । उनले औषधी खाएर तत्कालको बिमार सन्चो बनाइन्।
दैवले त्यत्तिकैमा छोडेन पछि दुवै मृगौला फेल भए । लामो समय औषधी खाएर पीडा कम गरिन् । बिस्तारै समस्या बल्झिदै गएपछि कालिका अहिले अस्पतालको बेडबाट सहयोगको याचना गरिरहेकी छन् । उनले गौतमबुद्ध मुटु अस्पताल बुटवलबाट डाइलोसिस सुरु गरेकी छन्।
दर्लामीका अनुसार तीन दिनमा ६८ हजार सकियो । अब औषधी खाने र अस्पताल जाने उपाय छैन् । कालिकाको सात बर्षकी छोरी छन् । श्रीमान गुन बहादुर थापा मलेसिया छन् । श्रीमति र छोरीको सपना पुरा गर्न परदेश पसेका गुन बहादुर समस्या छन्।
उनको कमाईले श्रीमतिको उपचारलाई पुग्न छोड्यो । अहिलेसम्म १० लाख बढि खर्च गरे । कसैलाई पनि आफ्नो दुख देखाएनन । समस्या बल्झिदै गएपछि थापा दम्पती सहयोगको याचना गर्न बाध्य छन्।
‘श्रीमानको कमाई सकिएपछि समस्या बल्झियो । अब औषधी खाने र अस्पताल जाने उपाय छैन,’उनले भनिन,‘छोरीको भविष्य सम्झिएर तड्पिन्छु।
सहयोगको लागि कालिका दलार्मी एनआइसि एसिया खाता नं 2005750931558001 र मोबाइल नम्बर 9865580690 रहेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










