सागर भण्डारी, गुल्मी: नेपालका विभिन्न ठाउँमा रहेका विपन्न एवम् असहाय नागरिकहरुलाई निरन्तर सहयोग गर्दै आउनुभएका समाजसेवी लिल बहादुर थापाले आफ्नो जन्मदिनको अवसर पारेर गुल्मीका एक शारिरिक रुपमा अशक्त व्यक्तिलाई सहयोग गर्नुभएको छ।
बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डिगाउँ स्थायी घर भई हाल सयुंक्त राज्य अमेरीकामा रहनुभएका थापाले गुल्मीको ईस्मा गाउँपालिका वडा नं ४ का मोहन खड्कालाई खाद्यान्न र नगद सहित ४० हजार रुपैयाँ सहयोग गर्नुभएको हो।
रोजगारको शिलशिलामा नेपालगन्ज बस्दै आएका मोहन आफ्नो कार्यालय देखि कोठामा जाने क्रममा बाईक दुर्घटनामा परि घाइते भएका थिए । लामो समयसम्म अस्पतालमा उपचार गरेपनि उनको स्वास्थ्य पूणर् रुपमा सुधार भने भएन। हाल उनी विस्तारामै थलिएका छन्। पारिवारिक अवस्था अत्यन्तै नाजुक रहेका खड्काको परिवारलाई समाजसेवी थापाले उक्त सहयोग गर्नुभएको हो।
सहयोग सामाग्री ग्रहण गर्दै पीडित खड्काले आफ्नो अवस्थाको बारेमा जिटिभि नेपालबाट प्रशारित सामाग्री हेरेपछि सहयोग गरेको भन्दै समाजसेवी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो। उक्त सहयोग सामाग्री जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले खड्काको परिवारमै गएर हस्तान्तरण गर्नुभएको हो।
सोही अवसरमा ओझेलका खबर डटकमका सञ्चालक अपाङ्ग अधिकारकर्मी सालिक खत्रीलाई एन्ड्रोइड ट्याब्लेट हस्तान्तरण गरिएको छ। स्मार्टफोनमा ग्राफिक डिजाइन र खबर सम्पादनको काम गर्दै आइरहेका खत्रीलाई काममा सहजता होस् भन्ने हेतुले ट्याब्लेट उपलब्ध गराएको समाजसेवी थापाले बताउनुभयो।
हस्तान्तरण कार्यक्रममा बोल्दै खत्रीले समाजसेवी थापा प्रति आभार व्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गरे। साथै समाजसेवी थापाको परोपकारी भावनाको प्रशंसा गरे।

|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










