Smoking Causes Cancer

फोटो खिच्ने क्रममा भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बागलुङ: पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीको भीरमा लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ। बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने संसारकै लामो झोलुङे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका-२ बस्ने १५ बर्षिया अप्सरा खातुनको मृत्यु भएको हो।

लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्विर खिच्ने बेला भीरमा खसेकी थिईन्। पुलको पूर्वतर्फको चौरमा राखीएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्विर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसुधन न्यौपानेले बताउनुभयो।

न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उद्धारपछि उपचारका लागि धौलागिरी अस्पताल पुर्याउँदै गर्दा उनको मृत्यु भएको हो। घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया