Salime Malika Krishi Farm

Awareness Campaign

सडक सञ्जालमा पनि अब्बल बन्दै धुर्कोट गाउँपालिका



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: हरेक कुरामा नयाँ र एक कदम अघि हुँदै आएको गुल्मीको धुर्कोट गाउँपालिका सडक संजाल बिस्तार र स्तरोन्नतिको सवालमा पनि अन्य स्थानीय तह भन्दा अब्बल देखिएको छ।

संघियता लागू नहुनु अघि पिच भैसकेका सडक बाहेक गुल्मीमा सदरमुकाम देखि पालिका सम्मको पहुँच मार्ग सबै भन्दा पहिला पिच गरेर सक्ने धुर्कोट गाउँपालिका बन्ने भए पछि त्यसपालिका अब्बल हुने देखिएको हो।

सदरमुकाम तम्घास देखि पश्चिम सेउवा सम्म्म मदनन भन्डारी राकमार्ग पहिल्ल्लै पिच भैसकेको थियो ।

सिंचाई
Forest
Ad.

सेउवा देखि धुर्कोट गाउँपालिकाको केन्द्र सम्म १३ किलो। मिटर सडक पिच गरेर सक्ने अन्तिम अन्तिम चरणमा पुगेपछी धुर्कोट गाउँपालिकाले पालिका सम्मको पहुच मार्ग पिच गर्ने कुरामा पनि आफुलाइ अब्बल साबित गर्ने भएको हो ।

सेउवा सिमाहघाट बर्वोट वाग्ला सडक नाम रहेको धुर्कोट गाउँ पालिकाको पहुँच मार्ग धमाधम पिच गर्न सुरु भए पछि शुक्रबार जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्री , प्रमुख जिल्ला अधोकारी सागरमणि पाठक , समन्वय उपप्रमुख तेजेन्द्र सलामी र सडक पुर्वाधार विकास कार्यालय प्रमुख सचितानन्द चौधरी लगायतका सरोकारवाला अनुगमनमा पुगेका थिए ।

अनुगमनका क्रममा सडक पिच गर्ने कार्यमा खासै कमजोरी नदेखिएको तर नाली निर्माणमा त्रुटि देखिएको जिल्ला समन्वय प्रमुख खत्रीको भनाइ छ ।

उप्त सडक पिच गर्ने जिम्मा २०७७ जेठ १० गते सम्झौता भै गत बर्ष सक्ने गरि काठमाडौ स्थित एएनके माउन्टेन जेभिले पाएको थियो । कोभिडका कारण म्याद थप गरि २०८० जेठ २ गते सम्पन्न गर्ने सम्झौता भएको , हाल सम्म ७० प्रतिशत काम भएको र त्यो भन्दा पहिल्यै सक्ने निर्माण व्यबसायिले बतएको सडक पुर्वाधार बिकास कार्यालय प्रमुख चौधरीको भनाइ छ ।

Awareness by SKF

उप्त सडक २०५१ सालमा माननीय जितेका जैसिथोकका समाजसेवी टंक पोखरेलको पहलमा २०४९ साल देखि खन्न सुरु गरिएको थियो । त्यस पुर्व जिविस सदस्य रहदा पोखरेलले जन श्रमदान ट्र्याक खोल्न सुरु गरेको र पछि माननीय हुँदा १५ लाख बजेट परेर जैसिथोक सम्म ट्र्याक खोली ५५ सालतिर सकेको बताउछ्न।

सोही सडकलाई पिच गराउन यस अघिको समेत धुर्कोट गाउँपालिका प्रमुखले जिम्मेवारी सम्हाले देखि नै पहल गरेका थिए । फलस्वरूप दोश्रो कार्यकालमा आइ पुग्दा जिल्लाका १२ वटा पालिका मध्ये सदरमुकाम देखि पालिका सम्मको पहुँच मार्ग सबै भन्दा पहिला पिच गर्ने धुर्कोट पहिलो गाउँपालिका बन्न लागेको प्रती पोखरेल खुशी प्रकट गरे।

इच्छाशक्ती भए र जनप्रतिनिधि , कर्मचारीमा टिमवर्क मिले बिकासले छिट्टै फड्को मार्छ भन्ने उदाहरण धुर्कोटले दिएको कुरा ब्यक्ति कोहि बोल्नु पर्दैन त्यहाको दृश्य आफै बोल्छ । बिकासका हरेक क्षेत्रमा धुर्कोट अगाडी छ भनेर अरु पालिकाबासिले पनि भन्ने गर्छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया