Smoking Causes Cancer

समाजसेवी थापाको सहयोगमा सहाराविहिन लिलावतीको घर निर्माण कार्य तीव्र



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, बाँके: बाँकेको खजुरा गाउँपालिका वडा नं-४ डिगाउँ निवासी सहाराविहिन लिलावती खत्रीको घर निर्माण कार्य तीब्र रुपमा अगाडी बढेको छ।

सोही ठाउँ घर भई हाल वैदेशिक रोजगारीको क्रममा सयुंक्त राज्य अमेरीकामा रहनुभएका समाजसेवी लिल बहादुर थापाले एकल खर्चमा खत्रीको घर निर्माण गर्दै हुनुहुन्छ।

गत शुक्रवार औपचारिक कार्यक्रमकाबीच खजुरा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष टेक बहादुर रोकाया र जिटिभि नेपालका अध्यक्ष एवम् पत्रकार दिपक नेपालीले घरको संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो।

सिंचाई
Forest
Ad.

अहिले घरको बेस सगैं झ्याल ढोका हाल्ने काम सम्पन्न भएको छ भने पर्खाल निर्माणको काम समेत तीब्र रुपमा अगाडी बढिरहेको छ । अझै २ हप्ताभित्रै घर निर्माण सम्पन्न हुने र तत्पश्चात् खत्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

श्रीमानले छाडेपछि कष्टकर जीवन बिताईरहनुभएकी खत्रीलाई समाजसेवी थापाले केही समय अगाडी नेपाल आएको समयमा घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नयाँ घर बन्ने भएपछि लिलावती खत्रीले समासेवी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो।

आफुले विगतमा घाम पानी पनि छेक्न नसक्ने अवस्थामा निकै कष्टकर जीवन गुजारेको स्मरण गर्दै श्रीमान र छोराको हेला भएपनि आफ्नै गाउँको दाजुभाई भगवान बनेर आफ्नो जीवनमा आएको बताउनुभयो समाजसेवी थापाले यस भन्दा अगाडी गुल्मी र बागलुङमा व्यक्तिगत खर्चमा २ वटा घर निर्माण गरिदिनुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया