अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ को छल्दीमा खड्ग जालपा देवी र उल्का छत्रदेवीको मन्दिर उद्घाटन गरिएको छ। मन्दिरको शनिवार एक कार्यक्रमका बिच इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले उद्घाटन गरेकी हुन्।
०५६ सालमा निर्माण गरिएको मन्दिर जीर्ण बनेकाले नयाँ मन्दिर बनाइएको हो । खड्ग जालपा देवी मन्दिर इस्मा गाउँपालिकाको आर्थिक सहयोग र उल्का छत्रदेवीको मन्दिर स्थानीय टिकाबहादुर रानाले निर्माण गरेका थिए।
मन्दिरको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष कुँवरले मन्दिर निर्माण भएपनि अरु बाँकी धेरै कामहरु रहेको बताइन । उनले यस मन्दिरको पूर्ण रुपमा निर्माण गर्न गाउँपालिकाको तर्फबाट आबश्यक सहयोग गर्ने बताइन्।
गाउँपालिका भित्र रहेका कला, संस्कृतिको संरक्षण र त्यसको निर्माण गर्नु गाउँपालिकाको दायित्व रहेको उपाध्यक्ष कुँवरले बताइन् । अहिले गाउँपालिकाले पालिका भित्र विकास निर्माणका कामहरु टोल सुधार समितिबाट काम गर्दै आएकाले तोकिएको र पारदर्शी रुपमा काम हुने गरेको बताइन।
इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा मन्दिर निर्माण गर्न सफल भएको मन्दिर निर्माण समितिका अध्यक्ष राजन कुँवरले बताए। गाउँपालिकासँगै मन्दिर निर्माण कार्यमा आर्थिक र मन्दिर नजिकै गेट निर्माण अरु धेरै कार्यमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो।
मन्दिर उद्घाटन कार्यक्रममा इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्य, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी स्थानीयहरको सहभागिता रहेको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








