Smoking Causes Cancer

अमेरिकामा बस्ने समाजसेवी लिल बहादुरले बनाइदिदै लिलावतीको घर



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बाँके: बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँकी लिलावती खत्रीको घर बन्ने भएको छ। खजुरा घर भएका तर हाल अमेरिकाको वासिन्टन स्टेटमा बस्दै आएका लिल बहादुर थापाले आर्थिक अवस्था कमजोर भएकी विपन्न अवस्थाका लिलावतीको लागि घर निर्माण गरिदिने भएका हुन।

जस अन्तरर्गत आज स्थानिय तथा जनप्रतिनिधिहरुको उपस्थितीमा लिलावतीको घरको सिलन्यास गरिएको छ। ५ लाख भन्दा बढि लगानी लाग्ने बरन्डा सहित टिनको छाना रहने दुई कोठे भवनको वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रीले सिलन्यास गरेका हुन । कच्चि चुहिने सानो घरमा बस्दै आइरहेकी लिलावतीको नयाँ पक्कि घर बन्ने भएपछि उनि खुसी भएकी छन।

अमेरिका बस्ने लिल बहादुरले विभिन्न समयमा आथिृक अवस्था कमजोर हुनेहरुलाई गास बास र कपासको लागी सहयोग गर्दै आइरहेका छन । लिलावतीको घर निर्माण उनको तेस्रो सहयोग हो । अन्य दुई जना विपन्न वर्गको यस अघि पनि घर बनाइदिसकेका छन । गाउँ घरमा हुने हरेक सामाजिक कार्यमा उनले अमेरिकामै रहेर पनि सहयोग गरिरहेका हुन्छन । अमेरिकाबाट लिल बहादुरले पैसा पठाएपछि आफ्नै गाउँको एकल महिलाको घर निर्माण गरिदिन लागिएको समाजसेवी अर्जुन थापाले जानकारी दिए।

सिंचाई
Forest
Ad.
समाजसेवी लिल बहादुर थापा

सिलन्यास कार्यक्रममा लिल बहादुर थापाका दाईहरु बालविर थापा, तुलसी प्रसाद थापा, गोम बहादुर सिंजाली, दिदिहरु भविसरा बुढा, मनसरा थापा, दिलसरा थापा, देउमती गुरुङ, कमला थापा, गुल्मीबाट जिटिभी नेपालका अध्यक्ष दिपक नेपाली, रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानेजर प्रकाश घिमिरे, पत्रकार सागर भण्डारी लगायत स्थानियहरुको सहभागिता रहेको थियो। -खबरगञ्ज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया