Smoking Causes Cancer

गरिबी न्यूनीकरणको लागि मदाने-१, अग्लुङ्गका महिलालाई स्वेटर बुन्ने तालिम



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: मदाने गाउँपालिका-१, अग्लुङ्गका महिलालाई स्वेटर बुन्ने तालिम प्रदान गरिएको छ।

मदाने गाउँपालिकाको आर्थिक सहयोगमा अग्लुङ्गका दस जना महिलालाई दस दिने स्वेटर बुन्ने तालिम प्रदान गरिएको वडा अध्यक्ष सुशील चंदले जानकारी दिए।

महिलाहरुलाई आय आर्जनमा जोड्दै आत्मनिर्भर बनाई गरिबी न्यूनीकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष चंदले बताए।

सिंचाई
Forest
Ad.

बुधबार एक औपचारिक कार्यक्रमका बिच तालिमको समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै मदाने गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सरिता खड्काले सिकेको सीपलाई व्यबहारमा लागू गर्न आग्रह गरिन।

घरायसी प्रयोजनलाई मात्र नभई बाहिर बेच्ने गरि स्वेटर बुन्ने व्यवसाय सुरु गरि उद्यमी बन्नु पर्ने धारणा खड्काले राखिन।

त्यस्तै तालिम लिन पाउँदा स्थानीय महिला खुसी भएका छन। आगामी दिनमा पनि यस्ता तालिम राख्नु पर्ने माग उनीहरुको रहेको छ।

दस दिन सम्म चलेको तालिमको सहजीकरण सीता विष्टले गरेकी थिईन। -गुल्मी अपडेट

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया