Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटका ९ वटै वडाका युवाहरु सगंठित, नगरस्तरीय युवा क्लवको गठन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिका भित्रका युवाहरुले नगरस्तरीय युवा क्लवको गठन गरेका छन्। नगरपालिकाका ९ वटै वडाका युवाहरु सम्मिलित क्लवले १५ सदस्यीय तदर्थ समिति गठन गरी प्रशासनिक कामहरु सम्पन्न गरिएको बताईएको छ।

गठित तदर्थ समितिको अध्यक्षमा बसन्त अधिकारी, वरिष्ठ उपाध्यक्षमा खेमलाल पाण्डे अनुप,महिला उपाध्यक्षमा सपना रायमाझी, उपाध्यक्षमा दिनेश सिंह ठकुरी, महासचिव बिष्णु प्रसाद आचार्य चकित सचिवमा सुनिल न्यौपाने,सहसचिवमा अनुप लाखे कोषाध्यक्षमा सावित्रा विष्ट घिमिरे, सहकोषाध्यक्षमा विष्णु बहादुर सारु लगायत रहनुभएको छ।

त्यस्तै सदस्यहरुमा कमल विश्वकर्मा, दिल बहादुर केसी, लिलामणी भट्टराई, सागर रिजाल, आशिष केसी, झरना ढकाल, प्रकाश घिमिरे, झरना ढकाल, गोविन्द विश्वकर्मा, सम्झना गिरी लगायत रहनुभएको छ।

सिंचाई
Forest
Ad.

क्लवले बुधवार पत्रकार सम्मेलन गरी औपचारिक रुपमा समितिको घोषणा सहित क्लवको विषयमा जानकारी गराएको छ । वडागत रुपमा धेरै क्लव सघं संस्था भएपनि नगरस्तरीय कल्वको आवश्यकता महसुस गरी ९ वटै वडाहरुलाई समेटेर मुसिकोट युवा क्लवको गठन गरिएको महासचिव विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो।

क्लवका अध्यक्ष बसन्त अधिकारीले नगरपालिका भित्र रहेका विभिन्न पेशा व्यवसायमा आवद्ध युवाहरुलाई सगंठित बनाउँदै औपचारिक ढगंबाट व्यवस्थित रुपमा अन्य क्लव सघंसंस्थालाई समेत समाहित गरेर अगाडी बढ्ने योजना रहेको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने, उद्यमशीलता सिर्जना गर्ने तथा गरिब विपन्न र दिनदुखी तथा समाजम पिछडिएको वर्गको उत्थानमा क्लवले काम गर्ने जानकारी समेत दिनुभयो । त्यसका लागि स्थानीय सरकारसगं समन्वय गरी स्थानीय तहमा सञ्चालित रोजगारका कार्यक्रमहरुलाई युवा उद्यमशीलतासगं जोडेर रोजगारी सिर्जना गर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो।

क्लवको छिट्टै नै प्रथम अधिवेशन गरी पूर्ण समिति गठन गरिने बताईएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया