गुल्मी: मालिका गाउँपालिका वडा नम्बर ८ मा रहेको नमता मतदान केन्द्रको अनुगमन गरिएको छ। सोमबार प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको नेतृत्वमा मतदान केन्द्रको अनुगमन भएको त्यस वडाका वडा सदस्य सागर गिरीले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी पाठक,सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरे, वरिष्ठ अनुसन्धान अधिकृत विनय कुमार चतुवदी , निर्वाचन अधिकृत मेघलाल पाण्डे, वडा अध्यक्ष सुर्य बहादुर जिसी र वडा सदस्य सागर गिरीको टोलीले अनुगमन गरेको हो।
मतदान केन्द्र जोखिम र जिर्ण भएका कारण अनुगमन गरिएको गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेले बताए। साथै मतदान केन्द्र यहाँका सबै जनताको लागि उपयुुक्त स्थानमा रहेको उल्लेख गर्दै सामुदायिक भवनको आवश्यक रहेको अनुगमन टोलीले निष्कर्ष निकाले छ ।
वडा कार्यालयले सामुदायिक भवनको लागि गाउँपालिका समक्ष प्रस्ताव राखे पनि जिल्ला प्रशासन र निर्वाचन कार्यालय गुल्मीले पनि आफ्नो तर्फ बाट पहल गर्नु पर्ने माग वडा अध्यक्ष सुर्य बहादुर जिसीले राखेका थिए।
राजनीतिक अवस्था तरल भएका कारण मुलक मध्यावधि निर्वाचनमा जान सक्ने हुँदा सबै सरोकारवाला निकायले समयमै ध्यान दिनु पर्ने वडा अध्यक्ष जिसीले उल्लेख गरे।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







