Salime Malika Krishi Farm

Awareness Campaign

रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने, बुधबार नेपाल एयरलाइन्स आउँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: गुल्मीको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भएको छ। आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने गरी सम्झौता भएको छ।

रेसुंगा नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रति/उडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र अन्य व्यवस्थापन निगमले मिलाउने गरी सम्झौता भएको छ। सोही अनुसार बुधबार निगमले व्यावसायिक ‘प्रुभिङ’ उडान गर्ने छ।

त्यसपछि हरेक सोमबार साताको एक दिन नियमित उडान हुने गरी सम्झौता भएको छ । निगमका अनुसार गुल्मी जाँदा निगमको ट्वीनअटर जहाजले १४ जना यात्रु बोक्न सक्छ। बाँकी लोड पेनाल्टीका कारण सिट खाली गरेर उड्नुपर्छ। फर्कंदा इन्धन खपत भइसक्ने भएकाले थप दुई सिट अर्थात १६ सिटमा यात्रु बोक्न सक्छ । यस अनुसार प्रतिउडान/अवतरण कुल ३० सिट क्षमता हुनेछ । यसमध्ये १० सिटको ग्यारेन्टी रेसुंगा नगरपालिकाले गरेको हो।

सिंचाई
Forest
Ad.

काठमाडौंबाट करिब १ घण्टाको दुरीमा रेसुंगा विमानस्थल पुग्न सकिन्छ । नियमित उडान जारी रहेमा गुल्मीका यात्रुको अभाव नहुने अपेक्षा गरिएको छ । त्यसपछि निजी क्षेत्रका वायुसेवा कम्पनीसमेत आकर्षित हुन सक्ने अपेक्षा छ । निगमलाई यसअघि तारा एयरले गरेको परीक्षण उडानको प्रतिवेदन समेत बुझाइएको छ। ताराले यहाँ २४ पुसमा परीक्षण उडान गरेको थियो।

रेसुंगा नगरपालिका र निगमको सम्झौतामा साक्षी बसेका वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यहाँ निजी कम्पनीको तुलनामा निगमले झण्डै २ हजार रुपैयाँ कम भाडामा यात्रु बोक्ने भएको छ। यो समाचार अनलाईन खबरबाट साभार गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया