Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा पाण्डे सर्वसम्मत निर्वाचित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा दुर्गा पाण्डे सर्वसम्मत निर्वाचित भएका छन। शनिबार देखि सुरु भएको गुल्मी चेम्बर अफ कमर्सको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनबाट पाण्डे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन।

दोस्रो जिल्ला अधिवेशनले आगामी ३ वर्षको लागि पाण्डेको नेतृत्वमा १८ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ।

जसको बरिस्ठ उपाध्यक्षमा विरेन्द्र भुसाल, अर्का उपाध्यक्षमा रेमलाल पाण्डे र सीता विश्वकर्मा निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा यज्ञ प्रसाद शर्मा पन्थी, सचकवमा सुर्य घिमिरे, प्रेम घिमिरे, हरि कृष्ण कडेल निर्वाचित भएका छन। त्यस्तै कोषाध्यक्षमा युवराज पाण्डे र सह कोषाध्यक्षमा कमल अर्याल निर्वाचित भएको निवर्तमान महासचिव कृष्ण भण्डारीले जानकारी दिए।

सिंचाई
Forest
Ad.

नवनिर्वाचित अध्यक्ष पाण्डेले जिल्लामा रहेका उद्योगी व्यवसायीको हक हितको लागि स्थापना भएका सबै संघ सस्था सङ मिलेर काम गर्ने बताए। बैंकले ब्याजदर वृद्धि गरेको भन्दै राष्ट्र बैंकको विरुद्ध ज्ञापनपत्र बुझाउने र सरकारको ध्यानाकर्षण गराउने जस्ता काम आफ्नो सुरुवाती प्राथमिकता रहेको उनले उल्लेख गरे।

साथै गुल्मी चेम्बर अफ कमर्सले आगामी चैत २७ गते देखि बैशाख ४ गते सम्म दोस्रो गुल्मी महोत्सव आयोजना गर्ने गरि तयारी समेत थालेको जानकारी दिएको छ। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया