Salime Malika Krishi Farm

Awareness Campaign

कालीगण्डकी गाउँपालिकाले भर्ति गरेका शिक्षकहरूले पाउनै छोडे तलब



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: कालीगण्डकी गाउँपालिकाका ३१ जना शिक्षकले कात्तिक देखिको तलब खान पाएका छैनन्।​ गाउँपालिकाले आन्तरिक स्रोतमार्फत तलब खुवाउने गरी राखेका ३१ जना शिक्षकहरूले कार्तिक देखिको तलब नपाएको गुनासो गरेका हुन्।

गाउँपालिकाले आफैँ दरबन्दी सिर्जना गरी राखेका ३१ जना शिक्षकहरूलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिए।

कार्तिक देखी पुससम्मको त्रैमासिक तलब खुवाउन ३९ लाख बजेट अभाव भएका कारण शिक्षकहरूको तलब खुवाउन नसकिएको पराजुलीको भनार्इ छ। ३१ जना शिक्षकहरू मध्ये बालशिक्षा देखि माध्यमिक तहसम्मका शिक्षकहरू रहेको पराजुलीले बताए। पालिकाले भर्ति गरेका शिक्षकहरुका लागि वार्षिक २ करोड खर्च हुने शिक्षा शाखाले जनाएको छ ।

सिंचाई
Forest
Ad.

आन्तरिक स्रोत र कालीगण्डकी जलविद्युत परियोजानको रोयल्टीमार्फत तलब खुवाउने गरी बजेट विनियोजन गरेको र रोयल्टी नआएका कारण तलब खुवाउन नसकिएको गाउँपालिकाले जनाएको छ।

कात्तिकदेखि तलब नआउँदा आफूहरूको दैनिकी खर्चहरू चल्न पनि समस्या भएको शिक्षकहरूले बताउँदै आएका छन्।

रोयल्टी नआए ससम्मान बिदा गर्ने योजनामा छौँ: गापा अध्यक्ष

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले रोयल्टी नआए शिक्षकहरूलाई स सम्मान बिदा गर्नेबाहेक आफूहरूसँग केही विकल्प नरहेको बताए।

Awareness by SKF

रोयल्टी बापतको रकमबाहेक आफूहरूसँग बजेट नभएकाले जहिले रोयल्टी आउँछ त्यही बेला तलब पाउने र रोयल्टी नआए उहाँहरूलाई भुक्तानी गर्नुपर्ने रकमको अभिलेख राखी ससम्मान बिदा गर्ने उनको भनाइ छ।

गाउँपालिका भित्र सामुदायिक ४४ र १ संस्थागत गरी ४५ वटा बिद्यालयहरु रहेका छन्। -खबर मार्केट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया