Salime Malika Krishi Farm

Awareness Campaign

नेपाल राष्ट्रिय कर्मचारी महासंघ, गुल्मीको अध्यक्षमा बसन्त भुसाल चयन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाल राष्ट्रिय कर्मचारी महासंघ गुल्मीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ। मंगलवार सदरमुकाम तम्घासमा सम्पन्न भएको सम्मेलनले बसन्त भुसालको नेतृत्वमा आगामी ४ वर्षको लागि २१ सदस्यीय जिल्ला कमिटीको गठन गरेको छ।

जसको उपाध्यक्षमा बोम बहादुर विक, सचिवमा पवन पोखरेल र कोषाध्यक्षमा त्रिविक्रम ज्ञवाली रहेका छन्। त्यस्तै सम्मेलनले प्रगतिशित जनस्वास्थ्य महासंघको समेत गठन गरेको छ।

कुमानन्द आचार्यको अध्यक्षतामा १५ सदस्यीय प्रगतिशित जनस्वास्थ्य महासंघको गठन गरिएको हो । जसको उपाध्यक्षमा बाबुराम कुँवर, सचिवमा देव बहादुर महतरा रहेका छन्। त्यस्तै बालकृष्ण बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को गठन गरिएको छ।

सिंचाई
Forest
Ad.

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले संविधानको अक्षरशः कार्यान्वयन गर्दै सरकारलाई सफल बनाउन कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने बताए।

पूर्व मन्त्री समेत रहेका बरालले जनजिविकासँग जोडिएका काम गर्न कर्मचारीहरुलाई आग्रह गरे। कार्यक्रममा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसी, पार्टी सचिव अशोक थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया