Salime Malika Krishi Farm

Awareness Campaign

दगातुन्डाँडा रुपन्देही सम्पर्क समाजको नयाँ कार्य समिति सर्वसम्मत चयन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिश पाठक, बागलुङ: दगातुन्डाँडा रुपन्देही सम्पर्क समाजको प्रथम साधारण सभाबाट १३ सदस्यीय नयाँ कार्य समितिको सर्वसम्मत चयन गरिएको छ। आज सम्पन्न साधारण सभाको भेलाले समितिको चाणक्य अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको चयन गरेको हो। जसको उपाध्यक्ष्मा मिना कँडेल, सचिवमा इन्द्रमणी अर्याल, कोषाध्यक्षमा बेल वहादुर थापा, सहसचिवमा हुकुम वहादुर सलामी लगाएत रहनुभएकाे छ।

भने सदस्यहरुमा रमेश खरेल, ज्ञानु खत्री, रेमलाल खरेल, तुलसा थापा, मुमकला खत्री, शिव पोखरेल, गंगा पाण्डे, रामनाथ पोखरेल साधारण सभाबाट निविरोध निर्वाचित हुनुभएको समितिका निवर्तमान अध्यक्ष उदयनन्द पोखरेले जानकारी दिनुभयाे ।

पुर्खाको पौरख, हाम्रो कर्म, हाम्रो गौरवको मुल मर्मका साथ सम्पन्न सो साधारण सभामा सासंद वासुदेव घिमीरेले समाजले ल्याएको जेष्ठ नागरिक दिवा सेवा केन्द्र कार्यक्रम संचालनमा आफु र स्थानीय तहवाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

सिंचाई
Forest
Ad.

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले नगरपालिकाका विभिन्न अभियानमा समेत दगातुन्डाँडा रुपन्देही सम्पर्क समाज सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो।

साधारण सभामा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापा, तिलोत्तमा नगरपालिका वडा नं २ का अध्यक्ष डिल वहादुर भट्टराई, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका निवर्तमन अध्यक्ष उदयनन्द पोखरेलको अध्यक्षता रहेको कार्यक्रमको संचालन भने सचिव नारायाण धितालले गर्नु भएको थियो। -रेडियो सारथी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया