Smoking Causes Cancer

मदाने अध्यक्ष कपको उपाधि पुरुष तर्फ अग्लुङ्ग र महिला तर्फ पुर्कोट दहलाई



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: मदाने गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

फागुन ५ गते देखि चलेको प्रतियोगितामा ७ वटा वडाका महिला पुरुष गरि १४ समुहको सहभागीता रहेको थियो। वडा नम्बर एक अग्लुङ्ग पुरुष तर्फ मदाने गाउँपालिका अध्यक्ष कपको उपाधि चुम्न सफल भएको छ।

उसले आज फाइनलमा वडा नम्बर ५ मलागिरीलाई ३-१ सेटमा पराजित गर्दै उपाधि चुम्न सफल भएको हो। अग्लुङ्गले अध्यक्ष कप सहित नगद ४० हजार ,मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोख्रेलले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

त्यस्तै दोस्रो भएको मलागिरीले ३० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो भएको वडा नम्बर सात भनभनेले २० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यस्तै महिला तर्फ वडा नम्बर पाँच पुर्कोट दहले वडा नम्बर ४ म्यालपोखरीलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधिमा कब्जा जमाएको छ ।

उपाधी सङै २० हजार नगद मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए। दोस्रो हुने म्यालपोखरी र तेस्रो हुने बाझकटेरीले क्रमशः १५ ,१० हजार नगद ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।

खेल र खेलाडीको विकास संगै आत्मियता बढाउन सामुहिक खेलको आयोजना गरिएको उपाध्यक्ष सरिता खड्काले बताईन।

Awareness by SKF

साथै प्रोत्साहन स्वरुप सहभागी सबै समुहलाई नगद ५/५ हजार प्रदान गरिएको मदाने गाउँपालिकाले जनाएको छ। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया