Smoking Causes Cancer

बडिगाडका मुख्य बजार क्षेत्र निगरानीमा रहने, १९ स्थानमा सिसी क्यामेरा जोडिँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: बागलुङको बडिगाड गाउँपालिकाले पालिका भित्र रहेका मुख्य बजार क्षेत्रमा सीसी क्यामेरा जडान गर्ने भएको छ। गाउँपालिकाको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पर्ने मुख्य बजार क्षेत्र, भिडभाड हुने स्थान अब सिसि क्यामेराको निगरानीमा हुुने भएको हो।

शान्ति सुुरक्षालाई थप सुुदृढ बनाउँदै सडक दुर्घटना तथा अपराधलाई न्यूनीकरण गर्न बडिगाड गाउँपािलकाले सीसी क्यामेराको जडान गर्न लागेको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाले आईतबार प्रजातन्त्र दिवसको अवसर पारेर सम्भावित ठाउँहरुको निरिक्षण गरेको छ।

गाउँपालिका अध्यक्ष थापा सहित, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, सुरक्षाकर्मी लगायतको टोलीले उक्त ठाउँहरुको सम्भाव्यता अध्यनन गरेको हो।

सिंचाई
Forest
Ad.

गाउँपालिकाले वडा नं २ को खर्बाङ बजार, हाडीखोला, डोँडेया, वडा नं ५ को खार, खौलार र न्वार बजार क्षेत्र, वडा नं ६ को खाल बजार क्षेत्र र वडा नं ७ भिमगिठेको उपल्लो बजार र तल्लो बजार सहित पालिका भित्रका १९ स्थानमा सिसी टिभि क्यामेरा जडान गर्न लागेको थापाले बताउनुभयो।

पालिका भित्र हुन सक्ने अपराधिक घटनालाई मध्यनजर गर्दै बजार क्षेत्र र पालिकासगं सिमाना जोडिएका ठाउँहरुमा सिसी टिभि क्यामेरा जडान अभियान थालिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो। ‘छिमेकी जिल्ला र पालिकामा पछिल्लो समय अपराधिक गतिबिधि बढेपछि हामीले सुरक्षा सतर्कता स्वरुप क्यामेरा जडान अभियान थालेका हौँ’, भण्डारीले भन्नुभयो, ‘यसले प्रहरीलाई समेत अनुसन्धानमा सहयोग पुर्याउने छ।’

गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को विशेष विकास कोषबाट बजेट विनियोजन गरि क्यामेरा जडान अभियान थालिएको उहाँको भनाई छ । सिसी टिभि क्यामेरा जडान सोमबारबाटै सुरु हुने उहाँको भनाई छ।

सिसी टिभि क्यामेरा जडानको जिम्मा पाएको तिवारी सन्सका व्यवस्थापक श्यामु तिवारीले बडिगाड गाउँपालिकासगं सिमाना जोडिएका मुसिकोट नगरपालिका, गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको सिमा क्षेत्रबाट जडान सुरु हुने बताउनुभयो । उहाँले २/३ दिन भित्रै जडान सम्पन्न हुने जानकारी दिनुभयो।

Awareness by SKF

जडान गरिएका सिसी टिभि क्यामेरा ईलाका प्रहरी कार्यालय भिमगिठे, प्रहरी चौकी खर्बाङ, प्रहरी चौकी खार र गाउँपालिकाको कन्ट्रोलमा रहने बताईएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया