गुल्मी: गुल्मीमा आगोमा जलेर एक जना वृद्धाको मृत्यु भएको छ। जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर एक मल्दी बस्ने ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए।
घरमा एक्लै बस्दै आएकी खत्रीको शनिबार बिहान आगो ताप्ने क्रममा साडीमा आगो लागेपछि शरीर भरी फैलिएको थियो।
आगोमा जलेर सख्त घाइते भएकी खत्रीको गुल्मी अस्पताल तम्घासमा उपचार गरेपछि थप उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







