Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी जिल्लाकै पहिलो रेडियो,रेडियो रेसुङ्गा १६ औँ वर्षमा प्रवेश



Gireeja Kunwar
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी – जिल्लाको पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा एफ.एम १०६.२ मेघाहर्ज आज देखि  १६ औँ वर्षमा प्रवेश गरेको छ । २०६४ साल फागुन ७ गते गुल्मी जिल्लामा पहिलो रेडियो स्टेशनको रुपमा स्थापना भएको रेडियोले आफ्नो सफलतम १५ औँ वसन्त पार गरि १६ औँ वसन्तमा प्रवेश गरेको हो ।

“गाउँ देखि शहर सम्म पहाडदेखि तराई सम्म शान्ति र समानताको प्रतिक” नारा बोकी २०६४ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवशर पारेर स्थापना भएको रेडियोले आम नागरिकको सूचना र अधिकारको प्रत्याभुती गराउदैँ सूचना, शिक्षा संञ्चार र मनोरञ्जन प्रदान गर्ने, नेपाली कला साहित्य सिर्जना र संस्कृतिको संरक्षण गर्ने, शान्ति र समतामूलक समाजको निर्माणमा सहयोग जुटाउने, सामाजिक विकृति विषङ्गति विरुद्ध चेतना जगाउने लगायतका विभिन्न उद्देश्य राखि स्थापना भएको रेडियोले लाखौँ स्रोताको मन जित्न सफल भएको छ ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थीत नयाँ बजारमा स्टुडियो रहेको रेडियोले समुद्री सतहबाट २ हजार मिटर उचाईमा रहेको अर्जुनडाँडा स्थित आफ्नै टावरबाट सेवा प्रसारण गर्दै आएको छ । निजि क्षेत्रबाट कम्पनि ऐन अन्तर्गत सञ्चालन भएपनि रेडियोले सामुदायिक रेडियो सरह आफ्ना समाचार र विषय वस्तुलाई स्थान दिदैँँ आएको छ । गुल्मी जिल्लाका व्यवसायी, वुद्धिजिवि र संञ्चारकर्मीको संयुक्त पहलमा ५० जना महानुभावहरुको यस रेडियोमा लगानी रहेको छ ।

रेडियोले मुख्यतःआफ्नो गाउँठाउँ र समाजमा रहेका समुदायको आवश्यकतालाई मध्यनजरमा राख्दै आफ्ना कार्यक्रमहरुलाई सञ्चालन गर्दै आएको छ । रेडियोले प्रसारण गर्ने हरेक कार्यक्रमहरु सबै क्षेत्र र समुदायलाई लक्ष्यित गरि तयार गर्ने गरेको छ । यसले संञ्चार, विकास र चेतनाले पछाडि परेका क्षेत्रका समुदायहरुलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो कार्यक्रमहरु उत्पादन र प्रशारण समेत गदै आएको छ ।

सिंचाई
Forest
Ad.

वार्षिक उत्सवको अवसर पारेर रेडियोले भोली प्रत्येक वार्षिकोत्सवको अवसरमा अर्जुन भगवती मन्दिरमा गर्दै आएको पूजाआजा तथा रेडियोका सञ्चालक र कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम गरी मनाउन लागिएको रेडियो सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रेडियोका स्टेशन म्यानेजर अनिता खत्रीले रेडियोलाई थप नयाँ प्रविधिसंग जोड्दै समयसापेक्ष रुपमा रपान्तरण गरेर लैजाने बताउनुभएको छ । पाँच सय वाट क्षमता रहेको रेडियो दैनिक १८ घण्टा प्रसारण हुँदै आएको छ । बालक देखि बृद्धसम्म लोकप्रिय बन्दै आएको रेडियो गुल्मी जिल्लासँगै छिमेकी जिल्लाहरु र इन्टरनेट अनलाईन तथा रेडियोको आफ्नै मोबाइल एम्पलिकेशद्धारा संसारैभर सुन् सकिन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया