Smoking Causes Cancer

चन्द्रकोटको नमुना अभ्यास, गाउँमा युवा टिकाई राख्न निःशुल्क लोकसेवा र शिक्षक सेवा कक्षा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

रासस, गुल्मी: युवालाई गाउँमै रोक्नका लागि गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्थायी जागिरका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ।

लोकसेवा आयोग र शिक्षा सेवा आयोगमा आकर्षित गर्नका लागि गाउँका ४६ युवालाई १८ दिने निःशुल्क कक्षा दिएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले बताउनुभयो । पहिलो चरणका परीक्षामा सहभागी र यसतर्फ आकर्षित गर्न अभिमुखीकरण गरी विभिन्न चरणमा कार्यक्रम चलाइएको हो।

कक्षामा मुख्य गरेर पृष्ठपोषण प्रदान गरिएको छ । सहभागी प्रशिक्षर्थी मञ्जु पुन आफूहरू यही कुरा सिक्न तम्घास, बुटवल र काठमाडौँ जान नपरेकामा खुसी हुनुभयो। अर्का प्रशिक्षार्थी ईश्वरी पौडेलले गाउँपालिकाको रचनात्मक कामबाट आफूहरू गाउँमै बसेर अभिमुखीकरणका कक्षा लिन पाएको बताउनुभयो । सहभागी प्रशिक्षार्थीले यस्तै कक्षा आगामी दिनमा पनि चलाउनुपर्ने बताउनुभएको छ।

सिंचाई
Forest
Ad.

प्रशिक्षकका रूपमा गाउँपालिकाका अधिकृतस्तरका कर्मचारी रहनुभएको थियो। गाउँपालिकाका अध्यक्ष युवराज केसीले चन्द्रकोट क्षेत्रमा लोकसेवा र शिक्षक सेवामा कम आर्कषण रहेकाले आफूहरूले निःशुल्क कक्षा सञ्चालन गरेको बताउनुभयो ।

“हाम्रो भूगोलबाट निजामती र शिक्षक कर्मचारीमा कम आकर्षण छ”, उहाँले भन्नुभयो, “बाध्यताले बाहिर पढ्न जाने बाध्यताको अन्त्य गरेका हौँ ।” उहाँले पहिलो चरणमा निःशुल्क कक्षा सकिए पनि थप कार्यक्रम ल्याउने बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया