सागर भण्डारी, गुल्मी: सानो झुपडी। झुपडी भित्र सानो कोठा। झुपडी बाहिर देखिएको दृश्यले जो कोहीको मन बहकाउँछ। भर्खरै हुर्कँदै गरेकी ९ वर्षीय बालिका दाम्लोमा बाँधिएकी छिन्।
भर्खरै हिड्ने र दौड्ने उमेर की ती बालिका यसरी दाम्लोले बाँधिएको ३ वर्ष भयो । उनीसगं यसरी गोठमा बाँधिएका पशुचौपाया जस्तै पीडा अभिव्यक्त गर्ने न त सामर्थ्य छ न त शक्ति नै।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं ४ वडागाउँकी आयुष्मा सर्तुङ्गी जन्मजात सुस्त मनस्थिति भएर जन्मिईन् । परिवारको जेठो सन्तानको रुपमा जन्मिएकी उनलाई पाएपछि आमा र बाबु औधी खुसी थिएनन् । तर त्यो खुसी त्यतिबेलासम्म टिक्यो जतिबेला उनी हिड्ने भईन । उनी न राम्रोसगं बोल्न नै सकिन न राम्रोसगं हिड्न।
घरमा यत्तिकै छाड्दा उनी घिस्रेरै विभिन्न ठाउँमा पुग्न थालिन । परिवारलाई उनी सम्हाल्नै गाह्रो भयो । उपचारका लागि विभिन्न ठाउँमा पनि धाए तर आयुष्माको स्वास्थ्य अवस्था सुधार भएन । गरिब परिवारमा छोरीको रेखदेख गर्ने की घरको गर्जो टार्ने परिवारमा सन्ताप पर्यो । उनलाई सम्हाल्ने एउटै विकल्पको रुपमा विगत ३ वर्षदेखि परिवारले दाम्लोमा बाँध्दै आएका छन्।
“श्रीमान घर छाडेर गएको ३ वर्षभयो सम्पर्क विहिन हुनुहुन्छ, मैले मजदुरी नगरे सन्तान कसरी पाल्ने आँखामा आँसु सम्हालेर छोरीलाई दाम्लोले बाधेर काममा निस्कनुको विकल्प रहेन”, आमा अनिता सर्तुङ्गी मगरले विलौना गरिन । आयुष्मा जेठी सन्तान हुन्। अनिताका ३ सन्तान मध्ये १ छोरा र १ छोरी भने तन्दुरुस्त छन् । “यी छोराछोरीलाई पाल्न भएपनि निमेक गर्नैपर्यो, यसलाई काममा लगेर गए यसलाई हेर्ने की काम गर्ने त्यसैले दाम्लोले बाँध्दै आएकी छु उनले भनिन्।”

श्रीमानले छाडेपछि बेसहारा बनेकी अनितालाई भाग्यले पनि ठग्यो । विदेश जान भनेर हिडेका श्रीमान सम्पर्कमा छैनन । उनी अहिले २ छोराछोरी सहित सासु ससुराले दिएको एउटा कोठामा बस्दै आएकी छिन् । एउटा छोरीलाई माईतीको आश्रयमा छाडेकी छिन् । छोरीको उपचार भन्दा पनि अब उनलाई कही कतैबाट सहयोग भए राम्रोसगं पालनपोषण गर्ने ईच्छा छ।
मलाई त नियतिले पनि ठग्यो यतिभन्दा आँखाभरी आँसु निकालेकी अनितालाई आफुलाई तलमाथि केही भई हाल्यो भने छोरीले दुख पाउँछेकी भन्ने पिरलो छ । “अरु त टाढाबाठा छन् ठुलो भएपछि गरि खान्छन् मलाई केही भई हाल्यो भने यसको स्याहार सुसार कसले गर्ला ? के होला यसको भविष्य ?” उपचार पनि सम्भव नहुने भएपछि अनितालाई पीडाले सताएको छनै अझै बढी पीडा त श्रीमान साथमा नहुँदा छ। -जिटिभी डटकम
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










