Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटकी संगीता नेपालीकाे उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कौरव खत्री, गुल्मी: गुल्मी मुसिकाेट नगरपालिका-१, मुरालीपानी निवासी संगीता नेपालीको उपचारार्थकाे लागि देश तथा विदेशबाट संकलन गरिएकाे नगद सहयोग हस्तान्तरण गरिएकाे छ।

भगवती आधारभूत विद्यालयकाे ४० औ वाषिर्कोत्सव तथा अभिभावक दिवसका अवसरमा संकलित रकम मुसिकाेट नगरपालिका १ वडाअध्यक्ष माेहन घिमिरे,वडा सदस्य दान बहादुर केसी,वडा सदस्य कुसुम परियार, नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनार, काेषाध्यक्ष काैरव खत्री, सामुदायिक रेडियो छत्रभुमीका स्टेशन म्यानेजर माधव खरेल, सहायक स्टेशन म्यानेजर सुरज कार्की, युवा समाजसेवी प्रकाश श्रेष्ठ लगायतकाे उपस्थितिमा बिरामी नेपालीकाे आमा गाेमा नेपालीलाई रकम हस्तान्तरण गरिएको भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक श्यामन्त नेपालीले जानकारी दिनुभयो।

साथै हात,खुट्टा र कम्मरमा गहिरो चाेटका कारण पिडित बनेकी नेपालीकाे उपचारका लागि सहयोग अभियान मार्फत सामुदायिक रेडियो छत्रभुमीकाे पहलमा नगद रू.३६ हजार,५ सय रूपैयाँ ,नेपाल पत्रकार महासंघ गुल्मीका काेषाध्यक्ष काैरव खत्रीकाे पहलमा नगद रू.८ हजार, १ सय रूपैयाँ गरि कुल जम्मा रू.४४ हजार,६ सय रूपैया नगद सहयोग रकम बिरामीका आमा गाेमा नेपालीलाई हस्तान्तरण गरिएको थियो।

सिंचाई
Forest
Ad.

गत पाैष २३ गते बाङ्गिकाे भिरबाट घाँस काट्दा भिरबाट लडेर हात खुट्टा र कम्मरमा गम्भीर चोट लागेपछि नेपालीकाे स्वास्थ्य उपचारमा समस्या भएकाे थियोे।

साथै घरकाे आर्थिक अवस्था निकै कमजोर भएकाे नेपाली भगवती आधारभूत विद्यालयकाे कक्षा ५ मा अध्ययनरत छात्रा विद्यार्थी नेपालीकाे स्वास्थ्य उपचारकाे लागि विद्यालयले उपचारमा आर्थिक सहयाेगकाे पहल गरिदिन आग्रह गरेपछि सहयोग अभियानबाट उक्त सहयोग रकम जुटेको भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक नेपालीले जानकारी दिनुभयो।

साथै हाल भने बिरामी नेपालीकाे गुल्मी अस्पताल तम्घास गुल्मीमा उपचार भैईरहेकाे विद्यालयका प्रधानाध्यापक नेपालीले जानकारी दिनुभयो।

 

Awareness by SKF

 

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया