Smoking Causes Cancer

सार्वजनिक बिदा भएपनि आज बैंक खुल्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौं: सार्वजनिक बिदा भएपनि आज बैंक खुल्ने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारि गर्दै (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको हो।

सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट जनयुद्ध दिवसमा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले बिदाबारे सूचना नै जारी गरेको छ।

राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

सिंचाई
Forest
Ad.

एक सूचना जारी गर्दै राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

राष्ट्र बैंकको सूचना:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया