काैरव खत्री, बागलुङ: बागलुङ बडिगाड गाउँपालिका-५, ग्वालीचौर टारी स्थित भानु माध्यमिक विद्यालयकाे हिरक महाेत्सवकाे छैठौँ दिन विविध कार्यक्रम सम्पन्न भएका छन्।
हिरक महाेत्सवकाे छैठौं दिनलाई सम्बाेधन गर्दै प्रमुख अतिथि बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले राज्यले गर्नुपर्ने काम एउटा समुदायको विद्यालयले गरेकाे बताउनुभयो। साथै अध्यक्ष थापाले विद्यालयलाई याे अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै बडिगाड गाउँपालिकाको एक शैक्षिक अभियानलाई नै सहयोग गरेको महशुस भएको उल्लेख गर्नुभयो।
साथै उहाँले विद्यालयको चौतर्फी विकासको लागि बडिगाड गाउपालिका सदैव चिन्तनशील रहेको बताउनु भयाे।

त्यस्तै साेही अवसरमा बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनले अहिले भानु माध्यमिक विद्यालयको हिरक महोत्सवमा जसले जसरी सहयोग गर्नुभको छ उहाँको इतिहास अमर हुने भन्दै आफुहरु सरकारमा हुँदा स्थानीय सरकारले गर्नुपर्ने काम स्थानीय समुदाय र चन्दादाताले गरेकोमा विद्यालयलाई सफलताको शुभकामना दिनुभएको थियो।
“गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार” भन्ने मुल नारा सहित विद्यालयमा प्राविधिक शिक्षा, छात्रावासको सुविधा, निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन, विद्यालयमा बस सेवा सञ्चालन गर्ने उद्देश्य सहित विद्यालयमा गत माघ २२ देखि शुरू भएकाे हिरक महोत्सव आजसम्म अर्थात शनिवारसम्म सञ्चालन हुने हिरक महाेत्सव मुल समारोह समिति अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो।

हिरक महाेत्सवका अवसरमा विद्यालयलाई हालसम्म जग्गा सहित करिब २ कराेड, ४० लाख चन्दा सहयोग भएकाे भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेलले जानकारी दिनुभयो।
त्यस्तै महाेत्सवकाे छैठौं दिन पनि पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पुर्व शिक्षक अभिभावक संघ अध्यक्ष, पुर्व प्रधानाध्यापक, पुर्व शिक्षक, अक्षयकोषदाता ,चन्दादाता, विद्यालयका भवन निर्माण समिति, जग्गादाता सहित विद्यालयलाई ६१ हजार देखि १ लाख ५५ हजारसम्म चन्दादाता सहयोग गर्नुहुने चन्दादाताहरूलाई दाेसल्ला र सम्मान पत्रले सम्मान गरिएकाे थियो।
साथै महाेत्सवका अवसरका बीच बीचमा माैलिक सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए।
हिरक महाेत्सव मुल समारोह समिति संयाेजक अर्जुन प्रसाद खरेलकाे अध्यक्षता विद्यालयका शिक्षक कृष्णप्रसाद भट्टराई, दिननाथ पाैडेल, शिवलाल घिमिरे र टिका पाइजाकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे।

|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










