Salime Malika Krishi Farm

Awareness Campaign

धुर्काेटमा ट्याक्टरबाट लडेर एककाे मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: शुक्रबार दिउँसो गुल्मीमा ट्याक्टरले किचेर एक युवकको ज्यान गएको छ। जिल्लाको धुर्कोट गाउँपालिका‐२, पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको हो।

नादी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक ट्याक्टरबाट खसेको र बीचको पाङ्ग्राले किच्दा मृत्यु भएको प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठले जानकारी दिए। मृतक अर्को ट्याक्टरका सहचालक थिए।

उनलाई किच्ने ट्याक्टरका चालक सागर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। मृतकको शव पोष्मार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ।

सिंचाई
Forest
Ad.

 

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया