Smoking Causes Cancer

छत्रकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, २८ विधामा ७ सय खेलाडीले प्रतिस्पर्धा गर्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको छत्रकोट गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ आज देखि गाउँपालिकाको वडा नम्बर तीन स्थित बुढाचौरमा पाँचौ राष्ट्रपति खेलकुद प्रतियोगिता सुरु भएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख टिकाराम आचार्यले बताए।

प्रतियोगिताको आज एक समारोहका बिच गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले उद्घाटन गरेका हुन। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले खेल राष्ट्रको विकास र एकताको प्रतीक रहेको बताए। उनले भने, “खेल र खेलाडीको वृद्धि विकासको लागि छत्रकोट गाउँपालिकाले हरेक वर्ष विभिन्न प्रतियोगिताको आयोजना गर्दै आएको छ, खेलकुद बाट राष्ट्र निर्माण गर्ने छत्रकोट गाउँपालिका प्रतिवद्ध छ।”

सिंचाई
Forest
Ad.

त्यस्तै गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले मतव्य राख्दै प्रतियोगिताको सफलताको कामना गरेका थिए।

पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महिला पुरुष गरी २८ विधाका खेल हुने छन । भने १४ विद्यालयका ७ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छत्रकोट गाउँपालिकाले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र सहित १५ हजार, द्वितीय हुनेले मेडल ,प्रमाणपत्र र नगद १२ हजार प्राप्त गर्दा तृतीय हुनेले मेडल र प्रमाणपत्र सहित १० हजारमा चित्तबुझाउने छ। प्रतियोगिता माघ २८ गते सकिनेछ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया