सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-९, अर्लाङ्कोट पाँणथोक स्थित ज्ञानज्योति आधारभूत विद्यालयले विद्यालय स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा आयोजना गरेको रजत महोत्सव एवम् धनधान्याचल सप्ताह ज्ञान महायज्ञको तैयारी तीब्र रुपमा अगाडी बढेको छ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार एवम् स्तरवृद्धि गर्ने मुख्य उद्धेश्यले विद्यालयले यही फाल्गुण ९ गतेदेखि १६ गतेसम्म रजत महोत्सव एवम् धनधान्याचल सप्ताह ज्ञान महायज्ञ आयोजना गर्दैछ।
अहिले आर्थिक सकंलन, विभिन्न ठाउँका व्यक्ति एवम् सघंसंस्था र स्थानीय पालिकाहरुसगं भेटघाटका साथै गेट निर्माण, कार्यक्रम स्थल निर्माण लगायतका कामहरु व्यापक रुपमा अगाडी बढेको विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले जानकारी दिनुभयो । विद्यालयले राखेको उद्धेश्य पुरा गर्न विभिन्न व्यक्तिहरुसगं सहयोग सकंलन अभियान थालिएको र अहिलेसम्म झण्डै ५४ लाख रुपैँया सहयोग सकंलन भएको उहाँले बताउनुभयो।
विद्यालयले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न विभिन्न सरोकारवाला, शैक्षिक एवम् सामाजिक व्यक्तित्वहरुसंग भेटघाट अन्तरक्रिया तथा सुझाव सकंलन समेत गरिरहेको छ।
समय अनुकुल शिक्षासगैं विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरी त्यस समुदायका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने मुख्य उद्धेश्य राखेर रजत जयन्तीको अवसरमा धनधान्यान्चल महायज्ञ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुलाल सापकोटाले जानकारी दिनुभयो । विद्यालयको ईतिहास स्मरण गर्दै उहाँले विगतमा निकै सघंर्षका साथ स्थापना भएको विद्यालयलाई टिकाई राख्न र यहाँका अभिभावकहरुको मागलाई मध्येनजर गरी स्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्य रहेको उहाँको भनाई छ।
कार्यक्रममा ज्ञानज्योति रजत जयन्ती महोत्सव एवम् धनधान्याचल सप्ताह ज्ञानमहायज्ञ सम्पादन मूल समारोह समितिका सदस्य रामकृष्ण कंडेलले गुणस्तरीय शिक्षा प्रदान गर्दै माध्यमिक तहसम्मको अध्यापन सञ्चालन गर्ने उद्धेश्य राखेर आयोजना गरिएको कार्यक्रमलाई सफल बनाउन र सहयोग गर्न सम्पूणर्लाई अनुरोध गर्नुभएको छ।
महायज्ञमा गुरुदेव श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज, गुरुदेव श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराज, प्रतिष्ठित कथाकार चेतराज कण्डेलको प्रमुख कथा वाचन एवम् पण्डित श्री पूणर्भद्र गौतमज्यूको यज्ञाचार्यत्व रहने बताईएको छ।
महायज्ञ सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति बनाएर तैयारीका काम तीब्र पारिएको छ। जसअन्तर्गत यदुलाल सापकोटाको सयोंजकत्वमा ५१ सदस्यीय मूल समारोह समिति, आर्थिक समिति, टिकाराम सापकोटाको सयोंजकत्वमा जनसम्पर्क तथा प्रचारप्रसार समिति, नरेशराज खरेलको सयोंजकत्वमा यज्ञ व्यवस्थापन समिति, रेणु सापकोटाको संयोजकत्वमा सांस्कृतिक समिति र यदूलाल सापकोटाको संयोजकत्वमा सचिवालय समिति गठन गरिएको विद्यालयले जनाएको छ।
विदेशमा समेत समिति गठन
महोत्सवलाई भव्य रुपमा सम्पन्न गरी आर्थिक अभियानलाई अझै व्यापक बनाउन विदेशमा समेत अन्तर्राष्ट्रिय स्तरको समिति र विभिन्न देशमा समेत देश स्तरीय समिति गठन गरिएको छ। जसमध्ये अन्तर्राष्ट्रिय समितिको सयोंजकमा डिलाराम खरेल (जापान) रहनुभएको छ । त्यस्तै उपसयोंजकहरुमा मणीरत्न सापकोटा (अस्ट्रेलिया), रोमाकान्त सापकोटा (लक्जम्बर्ग), बुद्धि सापकोटा (जापान), टिकाराम खरेल (जापान), अर्जुन केसी (जापान), रिता न्यौपाने तिवारी (पोल्याण्ड), सरिता सापकोटा (फिनल्याण्ड) लगायत रहनुभएको छ ।
यता देश स्थित समितिमा जापानको संयोजकमा भुवन सापकोटाको सयोंजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ। त्यस्तै अस्ट्रेलियाको सयोंजकमा मणीरत्न सापकोटा, लण्डनको सयोंजकमा बलाराम कडेंल, अमेरिकाको संयोजकमा डा. प्रकाश खरेल, लग्जमबर्गको सयोंजकमा ज्ञानेश्वर सापकोटा रहनुभएको विद्यालयका प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो।
त्यस्तै समाजसेवी तुल्सीराम खरेल रजत महोत्सव मूल समारोह समितिको संयोजक तथा अन्तराष्ट्रिय सल्लाहकारमा चयन हुनुभएको उहाँले बताउनुभयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










