Smoking Causes Cancer

मालिकाको छापहिले उपशाखालाई एम्बुलेन्स उपहार



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: नेपाल रेडक्रस सोसाइटी छापहिले उपशाखालाई एम्बुलेन्स प्राप्त भएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (IFRC) ले यस उपशाखालाई मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच एम्बुलेन्स प्रदान गरेको हो।

झण्डै ४५ लाख पर्ने ‘ख’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स छापहिले उपशाखाका सचिव थानेश्वर अर्याल र चालक शरण अर्यालले बुझेका छन। उनिहरुलाई रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका महासचिव जगनाथ चापागाईंले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले यस पटक देशरभर ३० वटा एम्बुलेन्स वितरण गरेको थियो । देशभर ३० वटा एम्बुलेन्स वितरण गर्दा पनि सबैको पहलमा छापहिले उपशाखा एम्बुलेन्स पाउन सफल भएको सचीव थानेश्वर अर्यालले बताए।

सिंचाई
Forest
Ad.

एम्बुलेन्स प्राप्त भए पछि यता वडा अध्यक्ष रेखा कुमार जिसीले खुसी व्यक्त गरेका छन। नेपाल रेडक्रस सोसाइटीका पुर्व महामन्त्री पिताम्बर अर्याल, गुल्मी जिल्लाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ लगायत पहल गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन्।

एम्बुलेन्सले छापहिले,अर्जै,अर्खबाङ तथा ह्वाङ्दी सम्मका जनतालाई सुविधा दिने वडा अध्यक्ष जिसीले उल्लेख गरे। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया