Salime Malika Krishi Farm

Awareness Campaign

प्रदेशको राजधानीमै छैन भरपर्दो स्वास्थ्य सुविधा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

दिवाकर पोख्रेल, दाङ: दाङको लमही नगरपालिका वडा नम्बर ६ देउपुरका प्रभात पौडेललाई विद्यालयबाट फर्केदै गर्दा गाडीले ठक्कर दियो।

गाडी ठक्करबाट सामान्य घाइते भएका पौडेलको छाती र मुखमा चोट लाग्यो, लमहीमा सामान्य उपचार पछि उहाँलाई बुटवलमा पुर्याएर उपचार गरियो। सोही ठाउँकी शान्ता चोधरीको हात झमझमाउने समस्या लिएर लमही अस्पतालमा जानुभयो चेकजाँच भयो, औषधि खानुभयो निको भएन थप सुविधाको लागि बुटवल पुग्नुपर्यो। यि दुइवटा उदाहरण मात्र हो दाङ देउखुरीमा भरपर्दो स्वास्थ्य सेवा नपाउँदा यहाँका सेवाग्राहीहरु सदरमुकाम घोराही र जिल्ला वाहिरै बुटवल र नेपालगंज जानुपर्ने बाध्यता हटेको छैन।

लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रमै सामान्य सेवा सुविधा समेत नपाउँदा सेवाग्राहीले स्वास्थ्य क्षेत्रमा तीन तहकै सरकार उदासिन रहेको आरोप लगाउँछन । राजपुर गाउँपालिका वडा नम्बर ४ का गंगाराम यादवले स्थानीय स्तरमा आफुहरुले स्तरीय सेवा सुविधा पाउने कुरा सपना नै भएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘देउखुरी क्षेत्रमा स्तरीय अस्पतालको आवश्यक छ, राजमार्ग क्षेत्र भएकाले दुर्घटना बारम्बार भइरहन्छ,राजधानी पनि भएकाले सबै प्रकारका स्वास्थ्य सुविधा दिन सक्ने अस्पताल देउखुरीमा आवश्यक छ तर तीनै तहका सरकार उदासिन छन।’

सिंचाई
Forest
Ad.

देउखुरी उपत्यकामा चारवटा पालिका छन्। सबै पालिकामा रहेका अस्पतालमा र स्वास्थ्य केन्द्रमा एमबीबिएस डाक्टरको व्यवस्था पनि छ ,तर सेवा भरपर्दो छैन । लमही नगरपालिकाको मातहतमा रहेको लमही अस्पतालमामा सरकारी दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नै छैनन।

सहयोगी संस्था निक साइमनले उपलब्ध गराएका स्वास्थ्यकर्मीको भरमा अस्पताल संचालन भएको छ। अस्पतालमा एकजना एमडी मेडिकल सुपरीटेण्ड, दुइजना मेडिकल अधिकृतको दरवन्दी भएपनि अहिले तीनै जना डाक्टर काममा छैनन। एकजना मेडिकल अधिकृत अध्ययन विदामा रहेको र बाँकी दरबन्दी अनुसारको जनशक्ती पूर्ति नभएको लमही अस्तालका निमिक्त प्रमुख बबी महतले बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ,दरवन्दी अनुसारको पूर्ण जनशक्ती नभएपनि सहयोगी संस्थाबाट उपलव्ध गराउनु भएका डाक्टर र उपलव्ध जनशक्तीबाट आवश्यक सेवा दिइरहेका छौ।

यस्तैगरी अन्य शाखामा एक्सरे, ल्याव, प्रसुति,इमरजन्सी लगायतमा पनि दरबन्दी अनुसारको स्वास्थ्यकर्मी छैनन। सरकारी दरबन्दी नभएको स्थानमा समितिको तर्फबाट स्वास्थ्यकर्मीको व्यवस्था गरिरहेको छ । गढवा गाउँपालिकामा पनि अवस्था यस्तै छ। गाउँपालिकाले एमबीबीएस डाक्टरको व्यवस्था गरेपनि अन्य सेवा सुविधाहरु भरपर्दो छैन। राप्ती गाउँपालिकामा दुइवटा अस्प्तालमा छन र प्रस्तावीत अस्पताल भालुवाङ, सिसहनियाँ अस्पताल। भालुवाङमा निक साइमन नामको संस्थाले दूइजना डाक्टरको सुविधा दिएको छ। सिहनियाँ अस्पतालमा राप्ती गाउँपालिकाले आफै एकजना डाक्टरको व्यवस्था गरेको छ।

देउखुरीमा हुँदैन पोष्टमार्टम

Awareness by SKF

दुर्घटना वा विभिन्न कारणल मृत्यु भएपछि पाष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था भएपनि देउखुरीमा रहेका चारवटा पालिकाभरी नै पोष्र्टमाटमको सुविधा छैन। पोष्टमार्टमको लागि पोष्टमार्टम घर, तालिम प्राप्त जनशक्ति आवश्यक पर्ने भएकाले आफुहरुले पोष्ट मर्टमको काम गर्न नसकेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,‘देउखुरीमै पोष्र्टमाटम नहुनु राम्रो होइन, राप्ती गाउँपालिकामा यो सुविधा छैन,गर्न आवश्यक छ, विभिन्न प्रक्रिया र आवश्यक जनशक्ती उपलव्ध भएपछि गर्न सकिन्छ।’

लमही अस्पतालमा विगतमा पोष्टमार्टमको काम हुने गरेको भएपनि अहिले दरवन्दी अनुसारको डाक्टर सहितको स्वास्थ्यकर्मी उपलव्ध नहुँदा पोष्र्टमाटमको काम हुन सकेको छैन। पोष्टमार्टम नहुँदा लास बोकेर घोराही जानुपर्ने बाध्यता रहेको छ। लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले पोष्टमाटमको काम नभएपनि पालिका तहबाट दिलाउनुपर्ने अन्य स्वास्थ्य सेवा सुविधा दिइरहेको बताउनुहुन्छ। दरवन्दी अनुसारको डाक्टर उपलव्ध नभएकोले पोष्ट मार्टमको काम गर्न नसके स्विकार्दै नगर प्रमुख चौधरीले नगरपालिकाले डाक्टरको व्यवस्था गरी अविलम्म पोष्टमाटमको काम गर्ने उहाँको भनाइ छ।

पोष्ट मार्टमको काम भएपनि प्रसुती सेवा, ओपीडी सेवा,सामान्य शल्यक्रिया सेवा लगायतका प्रभावकारी सेवा उपव्ध गराइरहेको लमही अस्पातलको दावी छ। लमही अस्पतालका निमिक्त प्रमुख बबी महतले सेवाग्राहीको इच्छा ठूला र प्रभावकारी सेवा सुविधा प्राप्त गर्नु भएपनि पालिका स्तरबाट दिनुपर्ने सेवा सुविधा भन्दा बढी सुविधा नै लमही अस्पतालले दिइरहेको उहाँको दाबी छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया