Salime Malika Krishi Farm

Awareness Campaign

महाशिवरात्री मेला तथा अनुरोध प्रगतिशील युवा क्लबको वार्षिकोत्सव भव्य रुपमा मनाइदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विष्णुप्रसाद आचार्य, गुल्मी: महाशिवरात्री मेला तथा अनुरोध प्रगतिशील युवा क्लबको २३ औँ वार्षिकोत्सव भव्य रुपमा मनाइने भएको छ। आउदो फागुन २ गतेदेखि ६ गतेसम्म ५ दिनसम्म चल्ने क्लवका अध्यक्ष मृगेन्द्र हितानले जानकारी दिनुभयो।

हरेक वर्ष शिवरात्रीको अवसरमा विविध कार्यक्रम गर्दै आइरहेको क्लवले यस वर्ष पनि सदाको जस्तै उल्लासमय कार्यक्रमसंगै बौद्दिक कार्यक्रम पनि गर्न लागेको कार्यक्रम संयोजक शक्तिराज घिमिरेले बताउनुभयो। क्लवले शिवारात्रीको अवसर पारेर आफ्नो जन्मोत्सव पनि मनाउने गरेको उहाले बताउनुभयो।

मुसिकोट नगरपालिका १ अरेवा बिसौनाको खेल मैदानमा संचालन हुने कार्यक्रममा यस वर्ष पुरुष भलिबल प्रतियोगिता, निमावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, वृद्ध/वृद्धा सम्मान कार्यक्रम, रेकर्ड डान्स प्रतियोगिता (६ टिम अनिवार्य ), महिला बेलुन फोर प्रतियोगिता र घैटोफोर प्रतियोगिता लगायतका कार्यक्रम हुने भएकोले उपस्थितिको लागि सम्बन्धित सबैलाई अनुरोध गरिएको क्लवले जनाएको छ।

सिंचाई
Forest
Ad.

संगठित युवाहरु नै समाज परिवर्तनका संवाहक हुन् भन्ने नाराका साथ सस्कार सस्कृतिको संरक्षण र युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ भन्ने आसय क्लवले व्यक्त गरेको छ। कार्यक्रमको आवश्यक जानकारीको लागि ९८४८५५५७८३ ,९८०२६००८८३ र ९८४७१६६६२० मा सम्पर्क गर्न क्लवले भनेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया