Salime Malika Krishi Farm

Awareness Campaign

कुर्घा मालिका मन्दिर निर्माण, मालिका क्षेत्र पुर्वाधारले अब्बल बन्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका ६ को प्रसिद्ध कुर्घा मालिका मन्दिर निर्माण गरिएको छ। मुसिकोट नगरपालिका र लुम्बिनी प्रदेश सरकारको साझेदारीमा ६६ लाखको मालिका मन्दिर निर्माण गरिएको हो।

मन्दिरको पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले उद्घाटन गरे। सोहि अवसरमा बोल्दै विष्टले संघ र प्रदेशबाट कुर्घा मालिका लगायतका धार्मिक पर्यटकीय गन्तव्यहरुको पहिचान, संरक्षण, जिर्णोद्धार सहितको विकासमा थुप्रै काम गरिरहेकाले स्थानीय तहले कृषि र पर्यटनलाई जोडेर उद्यम सृजना गर्नुपर्नेमा जोड दिए।

पछिल्लो समय प्रसिद्ध धार्मिकस्थल कुर्घा मालिका पुर्वाधारमा अब्बल बन्दै गएको छ । केहि बर्ष पहिलेसम्म कुर्घा मालिकाको ठुलो धार्मिक महत्व भएपनि सडक पहुँच राम्रो थिएन । मन्दिर परिसर अव्यस्थित भएकाले दर्शनार्थी सजिलो गरेर उभिने अवस्था थिएन। मेलाको व्यावस्थापन राम्रो नभएकाले कैयौ लडाँई र झगडा हुन्थे। मालिकामा बिस्तारै सडक पुग्यो । अधिकांश धार्मिक भक्तजन सवारी साधनमा मेलामा पुग्न थाले। मालिका परिसरमा पार्किङ नभएर धेरै अप्ठ्यारो हुन्थ्यो।

सिंचाई
Forest
Ad.

स्थानीय तहपछि कुर्घा मालिका संरक्षण र विकासको आशा जागेको छ । खरले छाएको मन्दिर पछि जस्ताले छाएर संरक्षण गरिएको थियो। स्थानीय तह गठनपछि करोडौका काम भएको मुसिकोट नगरपालिका ६ का वडाध्यक्ष खडग बहादुर खड्काले जानकारी दिए। उनले मालिका मन्दिर परिसरमा घेरावार, आरसिसि वाल र पार्किङ्ग स्थलको निर्माण भएको बताए। त्यस्तै सडक स्तरवृद्धिको काम गरेर यातयातको सहज आवमगनको व्यास्था मिलाएको खड्काले बताए।

उनका अनुसार ११ करोडको डिपिआर गरेर मन्दिर, वाल, पार्किङ्ग, बृक्षारोपण लगायतका काम भएपनि अझै धेरै काम गर्न बाँकी रहेका छन् । ‘स्थानीय तह पहिले केन्द्रिय स्तरमा मालिकाको ध्यान पुग्न सकेको थिएन् । हामीहरु निर्वाचित भएपछि हरेक क्षेत्रमा तीनै तहको समन्वय र बजेट परेको छ,’उनले भने,‘पालिकाभित्र अझै धेरै काम गर्न बाँकी छ ।’ मालिका नजिक जिल्लामै पहिलो स्वाँरा गुरुङ होमस्टे रहेको छ। कुर्घा मालिकासंगै मुसिकोट दरवार, सालिमेसहितका प्रसिद्ध धार्मिक स्थल र कफिसंग जोडेर कृषि पर्यटनलाई अगाडी बढाउने योजना रहेको लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले बताए।

चिच्याएर वर माग्ने धार्मिक स्थल

मालिकाका बारेमा कतिपय पुराणहरुमा चर्चा गरिएको छ। स्थानीयका अनुसार मालिका मन्दिर द्धापर युगको अन्त्यतिर स्थापना भएको हो। मालिका भगवति प्रकट भएर माल्याश्री नामका क्रृषिलाई बरदान दिएपछि मालिकाको उत्पति भएको पाइन्छ। अहिले मन्दिर भएको ठाउँमा सुन्दर ताल र माल्यश्री क्रृषिको आश्रम रहेको थियो।

Awareness by SKF

आश्रममा अरु साधुसन्त र अध्ययन गर्ने विद्यार्थी पनि रहेका थिए। दैनिक पुजा पाठ र घृतधारा तथा चोरु हुन्थ्यो । त्यो स्थानमा अचानक खडेरी ठुलो पर्यो । पानीका मुहानहरु सुके । ताल र खोलाहरु सुकेपछि वनसंगल मासियो । बन्यजन्त लोप हुन थाले । ठुलो हाहाकार मच्चिएपछि स्थानीय क्रृषिसंग बिन्ती बिसाउन पुगे । क्रृषिले मालिका भगवतिको आराधाना गरे । देवि प्रसन्न भएपछि क्रृषिले पानी मागे । एक्कासी पहरोबाट पानी निस्कियो।

सोहि दिनदेखि क्रृषिले मन्दिर स्थापना गरेर मालिका भगवति देविको पुजा गर्न सुरु गरेको किवदन्ती रहेको मालिकाका जानकार त्रिभुवन माविका शिक्षक दधिराम शर्मा पंगेनीले बताए । पहाडको भित्र मालिका भगवति देवि भएकाले चिच्याएर बर माग्ने धार्मिक जनविश्वास रहेको छ । आफुले मालिका जान्न थालेदेखिनै चिच्चाएर बर माग्ने गरिएको पंगेनीले बताए । उनका अनुसार त्यहि चिच्याएर बर माग्ने नामले प्रसिद्ध मालिका मन्दिरमा बैकुण्ठ चर्तुदशीका दिन रातभर जाग्रम बस्ने, भजनकृतन गर्ने, सुनिमाया, यानीमाया र सालैजो गाउने प्रचलन रहेको छ।

बैकुण्ठ चर्तुदशीमा ठुलो मेला

चिच्याएर वर माग्ने मुसिकोट नगरपालिका ६ कुर्घामा अवस्थित मालिका भगवतिको मन्दिर गुल्मीसहित पश्चिम बाग्लुङ, अर्घाखाँची, प्युठान र पाल्पाका नागरिकको धार्मिक आस्थाको केन्द्र हो । बिशेष गरेर कार्तिक शुक्ल चर्तुदशीका (बैकुण्ठ चर्तुदशीं) दिन मेला लाग्ने गर्दछ । बर्षभर एकादशी, औसी, सोह्र श्रद्धा, स्वस्थानी र साउनभर बाहेक नियमित पुजा हुने गरेको मालिका भगवति मन्दिर व्यावस्थापन समिति अध्यक्ष झविराम शर्माले जानकारी दिए।

उनले पछिल्लो समय बैकुण्ठ चर्तुदशीका अवसरमा विभिन्न प्रतियोगीतासहित तीन दिन मेला हुने बताए । पहिले बर्षमा एक पटक कार्तिक शुक्ल चर्तुदशीका दिन रातमा मात्रै मेला हुने गर्दथ्यो । रातको समयम । हजारौ दर्शनार्थी । लडाँई झगडा बढि हुन्थ्यो । केहि बर्षदेखि नियमित पुजा सुरु गरेर भिड र घटना कम हुँदै गएको मन्दिर व्यावस्थापन समितिका अध्यक्ष शर्माको भनाई छ । मन्दिरमा बोकाको बलि र परेवा उडाउने प्रचलन रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया