Salime Malika Krishi Farm

Awareness Campaign

समाजसेवी खरेल परिवारद्वारा ज्ञानज्योति आधारभूत विद्यालयलाई बाह्र लाख भन्दा बढीको चन्दा सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-९, अर्लाङ्गकोटमा अवस्थित ज्ञानज्योति आधारभूत विद्यालयले स्तरोन्नति र शैक्षिक गुणस्तर सुधार हेतु सहयोग संकलनका लागि विद्यालयको रजत महोत्सवको अवसरमा आयोजित धनधान्याचल महायज्ञमा मुसिकोट नगरपालिका-९, ददल्कामा जन्मेर जापानमा व्यवसाय गर्दै आउनुभएका तुलसीराम खरेल सपरिवारले रु. बाह्र लाख एघार हजार एक सय एकाउन्न रुपैयाँ स्वर्गीय मातापिताको स्मृतिमा सहयोग उपलब्ध गराउनु भएको छ।

ग्रामीण क्षेत्रमा सुलभ र गुणस्तरीय शिक्षाका लागि भन्दै विशिष्ट समाजसेवी दानीहातहरु निरन्तर अघि बढिरहेका छन्। देशमा लोकतन्त्र आओस् की संघियता विदेशमा बस्ने नेपालीहरुको खुल्ला सहयोग बिना शिक्षा क्षेत्रमा कुनै सुधार हुन सकिरहेको छैन।

गुल्मी मुसिकोट नगरपालिका-९, अर्लाङ्कोट स्थित ज्ञानज्योति आधारभुत विद्यालयले आयोजना गरेको यहि मिति २०७९ फाल्गुन ०९-१५ गतेसम्म सञ्चालन गरिने विद्यालयको रजत जयन्ती महोत्सव तथा सप्ताह धनधान्याचल ज्ञान महायज्ञको अवसर पारेर मुसिकोट नगरपालिका-९, ददल्कामा जन्मेर व्यवसायको क्रममा लामो समय देखि जापानमा रहेका, एनआरएनए जापानका सल्लाहकार, पुर्व आइसिसी सदस्य, ददल्का माविका संस्थापक आजीवन सदस्य, अर्लाङ्कोट सेवा समाज जापानका संरक्षक एवम् ज्ञानज्योति आधारभुत विद्यालयको रजत महोत्सव मुल समारोह समितिका उप-संयोजक तथा अन्तर्राष्ट्रिय सल्लाहकार समेत रहेका धर्मधुरन्दर शिक्षाप्रेमी, सफल व्यवसायी, सके सम्म आफ्नो माटोका बेरोजगार युवाहरुलाई नै प्राथमिकतामा राखेर रोजगार दिदै आएका, उच्चकोटिका समाजसेवी, दानवीर श्री तुलसीराम खरेल एवम् उहाँका उन्नत समाजसेवी, दानी चित्तका, शिक्षा प्रेमी, ग्रामप्रेमी सहोदर दाजुभाइको सिंगो परिवारले ब्रह्मलिन पिता हरिलाल खरेलको नाममा रु.१२१११५१ विद्यालयलाई दान गरेको छ।

सिंचाई
Forest
Ad.

समाजसेवी तुलसीराम खरेल एनआरएनए जापानका पुर्व उपाध्यक्ष हुँदै अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) सदस्य रहनुभएको छ। खरेल गुल्मेली समाज जापानको उपाध्यक्ष रहिसक्नुभएको छ। हाल उहाँ एनआरएनए जापान र चितवन समाजको सल्लाहकार हुनुहुन्छ।

जापानको ओसाका कान्साई क्षेत्रमा रहेका विभिन्न संघसंस्थामा संरक्षक एवं सल्लाहकारको रुपमा अभिभावकको भूमिका निर्वाह गर्दै आउनुभएको छ। खराल वंश कुल मन्दिरको संरक्षक, ददल्का स्कुलको आजीवन सदस्य, इन्टरनेसनल स्कुल जापानको संस्थापक सदस्य तथा बोर्ड मेम्बर र अर्लाङ्गकोट सेवा समाज जापानको संस्थापक संरक्षक हुनुहुन्छ।

यस क्षेत्रकै प्रतिष्ठित समाजसेवी खरेल परिवारले विद्यालय, मठ-मन्दिर निर्माण लगायत विभिन्न परोपकारी सेवाका संस्था आदि क्षेत्रमा ठुलो सहयोग लगानी गर्दै आएको छ। यस खाले पवित्र कर्ममा निरन्तर लागिरहेका खरेल परिवार धन्य हुनुहुन्छ।

शिक्षाप्रेमी, मातृमाटोको विकास प्रति सदैव चासो चिन्ता राख्ने सामाजिक भलो महादानी व्यक्तित्व श्री तुलसीराम खरेलज्यू एवम् सज्जन समाजसेवी महेश-पुर्णकला खरेल, हरि-दुर्गादेवी खरेल, तुलसीराम-तुलसीदेवी खरेल, मुक्तिराम-कमला खरेल, टिकाराम-सिता खरेल सपरिवारजनमा महायज्ञ आयोजक समितिले हार्दिक बधाई एवम् आभार व्यक्त गरेको छ।

Awareness by SKF

आँउदो फागुन ९ गते देखि १६ गतेसम्म विद्यालयमा रजत महोत्सव श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयले जनाएकाे छ।

२०५४ सालमा स्थापना भएको ज्ञानज्योति आधारभुत विद्यालयमा हाल कक्षा १ देखि ८ सम्मका कक्षा सञ्चालन हुदै आएका छन्। विद्यालयको शैक्षिक गुणस्तर सुधार एवम् स्तरवृद्धि गर्ने लक्ष्यका साथ रजत महोत्सव तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञलाई सफल बनाउन यतिबेला विभिन्न ठाउँ ठाउँमा महाेत्सवकाे प्रचार प्रसार र भेटघाट कार्यलाई तिव्रताका साथ अगाडी बढाइएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया