Salime Malika Krishi Farm

Awareness Campaign

तीन जिल्लाका ८ परिवारलाई समाजसेवी लिल बहादुर थापाको सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: लामो समयदेखि नेपालका विभिन्न जिल्लामा रहेका विपन्न नागरिकहरुलाई व्यक्तिगत रुपमा सहयोग गर्दै आउनुभएका समाजसेवी लिल बहादुर थापाले ३ जिल्लाका ८ घर परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ।

बाँके जिल्ला खजुरा गाउँपालिका ४ डि गाउँ स्थायी घर भई हाल सयुंक्त राज्य अमेरीकामा कार्यरत थापाले अर्घाखाँची, बागलुङ र पर्वतका ८ विपन्न घर परिवारलाई आर्थिक सहायता प्रदान गर्नुभएको हो।

गुल्मीबाट सञ्चालित जिटिभि नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम सघंर्षका कथामा उनीहरुका कथा व्यथा र वास्तविक अवस्थाका बारेमा भिडियो सामाग्री प्रशारित भएपश्चात थापाले उक्त सहयोग प्रदान गर्नुभएको हो।

सिंचाई
Forest
Ad.

जसमध्ये थापाले अर्घाखाँचीको छत्रदेव गाउँपालिकी हात खुट्टा नभएकी ३ वर्षीय पार्वती बिकको परिवारलाई नगद रु ८ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । भने अन्य बाँकी ७ घर परिवारलाई नगद तथा खाद्यान्न सहित प्रति परिवार १५ हजारका दरले सहयोग गर्नुभएको हो।

थापाले अर्घाखाँचीकै पाणिनी गाउँपालिकामा ढाड भाँचिएर विस्तारामै थलिएका र एकल आमाले पालनपोषण गर्दै आउनुभएकी कुल बहादुर कुमाल, अर्घाखाँचीकै पाणिनी गाउँपालिकाका दृष्टिविहिन २ दाजुभाई दिल बहादुर कुमाल र प्रेम बहादुर कुमाललाई उक्त सहयोग गर्नुभएको हो।

यता पर्वतको कुस्मा नगरपालिकाकी अन्तरजातिय विवाह पश्चात घर परिवारले अस्वीकर गरेपछि ओडारमा बस्दै आएकी बेसहारा रुपा परियार, बागलुङको काठेखोला गाउँपालिका वडा नं २ भिमपोखराका अपागं दम्पती देव बहादुर र पातली परियार, पर्वतको कुस्मा नगरपालिका पागंमा श्रीमानको मृत्युपछि बेसहारा बनेका २ श्रीमती र उनीहरुका ६ छोराछोरीहरुलाई सहयोग गर्नुभएको हो।

त्यस्तै श्रीमानले छाडेपछि २ अपाङ्गता भएका छोराछोरीलाई लिएर एकल जीवन बिताई रहनुभएकी बागलुङ नगरपालिकाकी तुलसी गौतम र पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुगांकी अपागं दिदीलाई पाल्दै आईरहेका दुई दिदी बहिनीलाई पनि सोही १५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो।

Awareness by SKF

उक्त सहयोग रकम समाजसेवी थापा मार्फत जिटिभि नेपालका अध्यक्ष एवम् सञ्चालक दिपक नेपालीले पीडित परिवारको घरमै गएर हस्तान्तरण गर्नुभएको हो।

आफुले ती परिवारको कारुणिक दृश्य देखेपछि निकै दुख लागेको भन्दै थोरै भएपनि सहयोग गर्ने उद्देश्य राखेर सहयोग रकम पठाएको समाजसेवी लिल बहादुर थापाले बताउनुभयो।

सहयोग ग्रहण गर्दै ८ परिवारले नै विदेशमा निकै मेहनतका साथ श्रम गरेर आफुहरुको अवस्था बुझेर सहयोग गरेकोमा सहयोगी थापा प्रति धन्यवाद व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया