Salime Malika Krishi Farm

Awareness Campaign

अनुसन्धानमा ढिलाई नगर्न होटल व्यवसायी मञ्च, मुसिकोटको ध्यानाकर्षण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: होटल व्यवसायी मञ्च मुसिकोट नगरसमितिले होटल व्यवसायीको विभत्स अवस्थामा शव भेटिएको ४८ घण्टा बितिसक्दा समेत प्रहरीले घटनासंग सम्बन्धित कुनै पनि प्रमाण वा सूचना बाहिर नल्याएको भन्दै ध्यानाकर्षण गराएको छ।

आइतबार बिहान आफ्नै होटलमा मुसिकोट नगरपालिका-७, न्वाराकी ५७ वर्षीया गंगादेवी शेरचनको शव हात-खुट्टा सेतो टेपले बाँधेर घोप्टो अवस्थामा फेला परेको थियो।

मञ्चले वामी प्रहरी चौकीलाई ध्यानाकर्षण पत्र बुझाउँदै यथासक्य अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन समेत माग गरेको छ।

सिंचाई
Forest
Ad.

मञ्चका अध्यक्ष फुल प्रसाद सापकोटा र सचिव विवेक काफ्लेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा यस प्रकारको गम्भीर आपराधिक क्रियाकलापले प्रहरीको सुरक्षा व्यवस्थामा चुनौती थपेको भन्दै यस क्षेत्रको शान्ति सुरक्षामा कमी हुन नदिन आग्रह गरेको छ।

घटनाले सम्पूर्ण होटल व्यवसायीहरु लगायत स्थानीयलाई त्रास पैदा गरेकाले शान्ति सुव्यवस्थाको प्रत्याभूत दिलाउन र फेरी यस प्रकारका घटना हुन नदिन चनाखो बन्न समेत आग्रह गरेको छ। -जिटिभी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया